‘राम्री तरुनी’ सार्वजानिक

Avatar photo
Dhadingpost
बुधबार, असार २१, २०७४

धादिङ असार २१ । हिन्दु नारीको महान चाड तीजको अवसरको लागि भन्दै शंकर श्रेष्ठले ‘राम्री तरुनी’ सार्वजनिक गरेका छन् ।

सिन्धुली जिल्ला फिकल गाउँपालिका वडा नं ४, खाङ्गाका शंकर श्रेष्ठले आउँदै तिजलाई मध्यनजर गर्दै ‘राम्री तरुनी’ सार्वजनिक गरेका हुन् ।

‘दिलकी रानीलाई प्रपोज गरिन्छ बोलको गितबाट चर्चा बटुलेका स्वरका धनी शंकरले देवी घर्ती मगरको आवाजमा नयाँ तिज गित राम्री तरुनी बजारमा सार्वजनिक गरेका हुन् ।

यस गीतमा दिपक श्रेष्ठको शब्द, रादिप सुनुवारको लय रहेको छ । अहिलेकी चर्चित हट अनि सेक्सी मोडल तथा गायीका भनेर चिनिने ज्योती मगर अभिनित यस गीतमा शिशिर बुढाथोकी र दिपक श्रेष्ठले पनि साथ दिएका छन् ।

सागर गौतमले छायांकन गरेका यस गीतमा अविनाश डि.सी. को सम्पादन तथा शिशिर बुढाथोकीको निर्देशन रहेको छ । पि एम इन्टरटेन्मेन्ट द्वारा यस गित बजारमा आएको हो ।