सोलार मार्फत दैनिक ६० हजार लि. पानी तानेपछि आरुबासटारबासी हर्सित

Avatar photo
Dhadingpost
मङ्लबार, असार २०, २०७४

विवेक अर्याल,
धादिङ, असार २० ।
धादिङको सिद्धलेक गाउँपालिका ४ मा सोलार लिफ्ट सिंचाइ योजना सम्पन्न भएको छ ।
सिंचाइ सुविधाबा बन्चित बन्नु परेका आरुवास्टारबासी सोलार मार्फत दैनिक ६० हजार लि. पानी तन्न थालेपछि हर्सित बनेका हुन् ।

आरुवासटार गाउँकै मुनिबा त्रीसुली नदी बगेर गइरहेको थियो तर अब सुख्खा आरुवासटार रसिलो हुने तरखरमा रहेको कुमार थापा मगरले वताउनु भयो ।

वैकल्पिक उर्जा प्रवर्धन केन्द्र जिल्ला उर्जा शाखा धादिङको रु १० लाख, प्राक्टिकलएक्सन नेपालको रु ७ लाख ३८ हजार १ सय २३, सहयोग तथा सन फार्मस नेपाल काठमाण्डौको रु ८ लाख २४ हजार ८ सय, साना किसान कृषि सहकारी सस्था सलाङको रु २ लाख हजार ऋण सहयोग र समुदायको तर्फबाट रु१ लाख २० हजार गरि २८ लाख ८२ हजार ९ सय २३ रुपैयाँ लगानीमा सम्पन्न योजनावाट आरुवासटारका २० घरधुरीको ६० रोपनी सुख्खा जग्गा मा सिंचाइ सुविधा पुगेको छ । सोलार लिफ्ट मार्फत दैनिक ६० हजार लिटर पानी त्रिशुली नदीबाट तान्ने गर्दछ ।

परम्परागत कृषि पेशामा आधारित स्थानीय बासिन्दाहरु सोलार लिफ्ट सिंचाइ योजना निर्माण सम्पन्न भएपछि अत्यन्त उत्साहित भएका छन् ।