समाचार प्रभावः मृगौला रोगीलाई आर्थिक सहयोग जारी

Avatar photo
Dhadingpost
मङ्लबार, असार २०, २०७४

कवि थापामगर
धादिङ असार २० ।
धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं १२ निवासी ३४ वर्षिय तेज बहादुर गिदेलमगरको दुवै मृगौला फेल भएको धादिङपोष्टमा समाचार प्रकाशन भएपछि उनलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

धादिङपोष्टले धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं १२ का ३४ वर्षिय तेज बहादुर गिदेलमगरको दुवै मृगौला फेल भएको छ । उनलाई ६० वर्षिय आमाले मृगौला दिने बताए पनि आर्थिक अभावको कारण मृगौला प्रत्यारोपण हुन सकिरहेको छैन । भनेर समाचार प्रकाशन गरे पछि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन्, सहयोग जुट्ने क्रम जारी छ । यसै क्रममा मंगलबार धादिङबेसीमा धादिङ नाट्य समाजले एक कार्यक्रममा साथ रु ५००० आर्थिक सहयोग गरेको छ ।

नाट्य समाजका अध्यक्ष शालिग्राम अधिकारीको नेतृत्वमा धादिङ नाट्य समाज परिवारले सो रकम हस्तान्तरण गरेको छ । काठमाडौं बनस्थली किड्नी सेन्टरमा उपचारत मगर करिब साँढे २ वर्ष देखि मृगौला रोगले ग्रसित छन् । उनको श्रीमती व्लड क्यान्सर पिडीत छिन् । उनको ३ छोरा छन् । जेठो छोरा १२ वर्षिय, माईलो ७ वर्षिय कान्छा छोरा ४ वर्षका छन् ।

मगर विरामी हुनु अगाडि दुवईमा काम गर्दै आएका मगरलाई दुवै मृगौला फेल भएपछि कम्पनीले नेपाल पठाएको थियो । मगरको आमाले उपचार गर्नको लागि अर्थिक समस्या भएकाले सानिमा बैङ्क को खाता नं ००४-०००-१०९८५१२ मा सकेको रकम सहयोग गर्नुहुन अनुरोध गर्नुभएको छ । सहयोगको लागि सम्पर्क गर्नचाहानेहरुका लागि ९८६०४०७५४५ मा सम्पर्क गर्न सक्नुहुने छ ।

यस अघि प्रकाशित समाचार
श्रीमानको दुबै मृगौला फेल, श्रीमती ब्लड क्यान्सर बिचल्लिमा ३ छोरा