त्रिशुली किनारमा नेपाल आर्मीको ३ म्याराथुन सम्पन्न (फोटो फिचर)

Avatar photo
Dhadingpost
आइतवार, असार १८, २०७४

धादिङ असार १८ । धादिङको त्रिशुली किनारमा नेपाली सेनाले विभिन्न साहसिक खेलहरु मध्य अन्तराष्ट्रिय स्तरको ३ वटा म्याराथुन दौड सम्पन्न गरेको छ ।

गल्छी गाउँपालिकाको वैरनीबाट आरम्भ गरिएको ३ वटा म्याराथुन (६ दशमलमव १ को दौड, कल्लेरी वाट २६ किलोमिटर साईक्लिङ्ग र चरौंदी मालिंगा वाट ११ किलोमिटर जोगीमारा सम्म जलयात्रा) शनिबार सम्पन्न गरेको हो ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, अमेरिका, वंगलादेश सेना, वृटिस गोरखा, शसस्त्र प्रहरी , हिमालयन गल्र्स र काठमाण्डौंका विभिन्न स्पोर्ट क्लवका ४८ जना खेलाडीहरुले भाग लिएको प्रतियोगिता त्रिभुवन आर्मी क्लवका दैलेख निवासी हुद्धा मानवहादुर थापा लगायतको समुहले बाजी मारेको थियो । आर्मीको थापा समुहले ४३ दशमलव १ किलोमिटर २ घण्टा १८ मिनेट १ सेकेण्डमा ३ वटै म्याराथन पुरा गरेको थियो ।

यस्तै काठमाण्डौं वाईक स्टेशनको हिमाल टमाटाको समुहले उक्त दुरी २ घण्टा २७ मिनेट ४७ सकेण्डमा पार गरि दोश्रो स्थान हासिल गरेको छ भने त्रिभुवन आर्मी क्लवकै राजेन्द्र चेम्जोङ्गकामे समूहले २ घण्टा २८ मिनेट २५ सेकेण्डमा उक्त दुरी पार गरि तेश्रो स्थान हासिल गरेका थिए ।

खेलको नियम अनसुसार ‘एउटै समुहले लगातार रुपमा म्याराथन, साईक्लिङ्ग र जलयात्रा गरि उनीहरुले प्रतियोगिता जितेका हुन् ।
त्रिशुली किनारमा वर्षातको भेलमा मात्रै गरिने यो साहसिक खेल विगतका ३ वर्षमा राष्ट्रिय स्तरका खेलाडीहरु लाई मात्रै समावेस गरिएको मा सहभागी हुनलाई यस वर्ष अन्र्तराष्ट्रिय रुपमै आव्हानगरे पछि ८ वटा नेपाली टिम र ४ वटा विदेशी टिम सहभागी भएका हुन् ।


विजयी समुहलाई डेढ लाख नगद पुरस्कार र शिल्ड तथा प्रमाण, द्धितिय स्थान हासिल गर्ने समुहलाई एक लाख र प्रमाण पत्र र तेश्रो स्थान हासिल गर्ने समुहलाई ७५ हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । तस्वीर: हरिहरसिंह राठौर