धादिङबेसीका घरमा धमिलो पानी वितरण सरोकारवाला निकाय मौन

Avatar photo
Dhadingpost
शुक्रबार, असार १६, २०७४

धादिङबेसी असार १६ । धादिङ जिल्ला सदरमुकाम रहेका धादिङबेसीका केहि दिन देखि धारामा धमिलो पानी आउन थाले पछि स्थानियहरु आक्रोसि बन्न थालेका छन् ।

धादिङबेसीमा केहि वर्ष पहिले देखि नै खानेपानी अभाव र वितरणमा लापर्वाही हुने गरेको समस्या हो । धादिङबेसीमा खानेपानी वितरण गरि रहेको धादिङबेसी खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको चरम लापर्वाहीले गर्दा धादिङबेसीमा खानेपानीको समस्या बढेको स्थानियहरुले बताएका छन् । केहि दिन यता धारामा धमिलो पानी आई रहेको छ, यसले स्वास्थ्यमा पर्ने असारबारे न स्वास्थ्य कार्यालय चिन्तित छ न खानेपानी मुलउपभोक्ता समिति नै चिन्तित छ ।

धादिङबेसीको शान्त बजारका केहि भाग र पुछारबजारका केहि एरियामा खानेपानी नआएपछि पानी वितरण गरिएको मेनलाईन पाईपबाटै पानी थाप्न बाध्य भएका छन् ।

केहि महिना पहिला धादिङबेसी नगरपालिका ३ शान्तबजार स्थित प्रगतिटोलमा वितरण गरिएको खानेपानीको पाइपमा कुहिएको मुसा, अड्किएएर खानेपानी वितरणमा समस्या भएको समाचार बाहिर नआएका होइनन् । केहि महिना पहिला भेटिएको खाने पानी पाइप् लाईनमा भेटिएको कुहिएको मुसा
स्थानीय सिलवालको घरमा मेन लाइनबाट पाइप जोडेको ठाँउमा पानी नआएपछि खानेपानीको प्रतिनिधिलाई बोलाएर पाइप काट्न लगाउँदा कुहिएको बस्तु क्षेतविच्छेद अवस्थामा भेर्टिएको थियो । धमिलो पानकिो समस्या नयाँ होइन समितिको उदासिनता र लाचारीपनले गर्दा धारामा धमिलो पानी आएको स्थानियहरु बताउँछन् ।

धादिङबेसीको पानीको यस अघि शिर्षकमा प्रकाशित समाचारहरु
धादिङबेसीमा खानेपानीको अभाव, सर्वपक्षिय वैठक, नयाँ मुलबाट पानी ल्याईने
धादिङबेसीमा पानी चोरी कि ! बाध्यता, दोषी को ?