आज सार्वजनिक बिदा

Avatar photo
Dhadingpost
आइतवार, असार ११, २०७४

काठमाडौं, ११ असार । इस्लाम धर्मावलम्बीहरुको ठूलो चाड रमजानको अवसरमा सरकारले आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

एक महिना रोजा (व्रत) रमादान सकिएको उपलक्ष्यमा तीन दिनसम्म हर्सोल्लासका साथ मनाइने मुस्लिम समुदायको महान पर्व इदुलफित्र (ईद) को अवसरमा सरकारले आज सार्वजनिक विदा घोषणा गरेको हो ।

कतार, साउदी लगायतका देशमा आइतबार इद मनाइएको र नेपालमा इदुलफित्र मनाउने तयारी भएको छ । मुश्लिम समुदायले चन्द्रमा हेरेर मात्रै चाड मनाउने प्रचलन रहेका आइतबार बेलुकासम्म पनि विदाको अन्योलता रहेको थियो । मुश्लिम समुदायले आइतबार बेलुकाको चन्द्रमा हेरेपछि ब्रत भंग गर्ने गर्दछन् ।