गाउँपालिका अध्यक्ष भन्छन् त्रिशुली बचाऔं (भिडियो समेत)

Avatar photo
Dhadingpost
आइतवार, असार ११, २०७४

निर्मल थपलिया
धादिङ । प्राकृतिक सम्पदा संरक्षण समिती, त्रीशुली बचाउ अभियानले निर्वाचित जनप्रतिनीधिहरु सँग अन्तरक्रिया गरेको छ । गजुरी, बेनिघाट रोराङ, सिद्दलेक, गल्छी गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रम गर्दै त्रिशुली बचाउ अभियानका विषयमा अन्तरक्रिया गरिएको हो ।

त्रिशुली बचाउ अभियन्ता उत्तम कंडेलले कार्यक्रमको औचित्य बारे मन्तव्य राख्दै बिग्रदो पर्यावरण सुधार गर्नको लागि जनप्रतिनिधिको धारणा स्पष्ट पारेर जानू पर्ने कुरा राख्नु भएको थियो । अन्तरक्रियामा आफ्नो प्रतिबद्धता राख्दै गाउँपालिका अध्यक्षहरुले त्रिशुली बचाउने महाअभियानमा हातेमालो गरिने बताएका थिए ।

गल्छी गाउँ पालिकाका उपाध्यक्ष राधा तिमिल्सिना (लामिछाने) ले बेल्खु गल्छीमा पनि सुंगुरको नाला र ढल त्रीशुलिमा मिसाउने गरेको छन यो कार्यक्रमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेम नाथ सिल्वालले जिल्ला प्रशासनमा प्राकृतिक सम्पदाको दोहनको पत्र लिएर जाने पहिले प्रतिनिधि आफू भएको बताउदै राती राती मेसिन चलाएर बालुवा निकाल्नेलाई ब्यवसायी त भन्न नमिल्ने बताउदै ती को हुन त्यस्को बिरुद्धमा लाग्ने प्रतिबद्धता जनाए पनि कार्यलय सुविधाजनक हुन नसकेको र सिंहदरबारको अधिकार गाउँमा नआएकोले यो कार्यकाल जग हाल्न मात्र सकिने बताउनु भयो ।

बेनिघाट रोराङमा अध्यक्ष हरि डल्लाकोटिले मोही माग्ने ढुङ्रो लुकाउने भने झै त्रीशुली बचाउने भन्दै आफ्नो घरको ढल त्रीशुलिमा मिसाउन नहुने भन्दै जनताले निर्वाचित गराएपछी अब हामी माग्ने हैन दिने ठाउँमा भएकोले जनतालाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताउनु भयो ।

गजुरीका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले अहिले माफियाहरु सल्बलाउदै गुहार माग्न थालेको छन माफियाहरुले प्रकृति दोहन गरेर कमाएको जेथा अनुसारको ब्याथा आउने र ब्यथा चर्किदै जाने कुरामा ढुक्क हुन जनतालाई आस्वस्त पार्नु भयो । त्रीशुली बचाउका अभियन्ताहरुलाई लक्षित गर्दै सत्यको बाटोमा हुनुहुन्छ र जित पक्का भएको बताउनुभयो ।

माफियाहरुले कहिले धादिङ र कहिले नुवाकोटमा पालैपालो प्रकृतिको दोहन गरिरहेकोले अब त्यस्तो नहुने बताउदै आगामी दिनमा त्रीशुली नदिमा सचेतनामुलक कार्यक्रम गर्ने र बिज्ञको सल्लाह अनुसार भावी कार्यक्रम तय गरिने बताउनु भएको थियो ।