नेपाल आइडलका बुद्ध लामा पोखराको नभइ धादिङको हो ( भिडियो सहित)

Avatar photo
Dhadingpost
शनिबार, असार १०, २०७४

गंगालाल गुरुङ धादिङ, असार १०- नेपाल आइडलमा सर्वाधिक चर्चा बटुल्न सफल बनेका बुद्ध लामाको घर कहाँ होला ? यो सबैको चासो बन्न पुगेका छन । धेरैले अनुमान गरेका छन की बुद्ध लामा पोखरा बास्तोलाथरका हुन भनेर । हो बुद्ध लामाले आफूले आइडलमा प्रतिनिधित्व गर्ने क्रममा उनले बास्तोलाथर भनेर बताउदै आएका छन । लामाको घर वास्तवमा पोखरा नभई धादिङको लापा हो । पोखरामा भाडामा बस्दै आएका लामाले नेपाल आइडलमा पोखराबाट भाग लिएका बुद्ध लामाले गत बिहिवार धमाका प्रस्तुती दिएका थिए। बिहीबार प्रशारण भएको नेपाल आइडलको अग्नि परिक्षा राउण्डमा उनले निर्णायको मन जिते । अन्तिम १२ का लागि भएको प्रतिस्पर्धामा १८ जना मध्ये बिहीबार ९ जनाले प्रस्तुती प्रस्तुत गरेका थिए । बुद्ध लामा सबै खाले गीत गाउन मेधावी व्यक्ति हुन । उनले क्लासिकल, पप , रक तथा लोकविधाको गीत समेत गाउने गर्दछ ।

उनले अलिकत नजर तिम्रो भुकाएर आउ बोलको गित आएका थिए । उनको गित सुने पछि निर्णायकले उनको अघिल्ला प्रस्तुती जस्तै राम्रो भएको भन्दै प्रशंसा गरेका थिए । पोखरा बास्तोलाथन निवासी लामाको आमाको अन्तरवार्ता समेत कार्यक्रमा प्रशारण भएको थियो । त्यो हेर्दै लामा रोएका थिए ।

उनले आफुलाई भोटिङ गर्न पनि समेत आग्रह गरे । यस अगाडी पोखराको विग एफएमले आयोजना गर्दै आएको विग आइकनमा समेत भाग लिएर टप २० मा पर्न सफल भएका थिए । नेपाल आइडलमा अन्तिम १८ मा परेका लामा कान्छा प्रतियोगि हुन् । नेपाल आइडल एपिवान टेलिभिजनबाट प्रशारण हुने गर्दछ ।

हेर्नुहोस मनोज बास्तोला बुद्धका भिनाजुले बताउनुभएको बुद्धको वास्तविकता