धादिङ साहित्य समाजमा पुनरगठन गरियो

Avatar photo
Dhadingpost
शनिबार, असार १०, २०७४

धादिङ, असार १० गते । धादिङ जिल्लाको पुरानो साहित्यिक संस्था धादिङ साहित्य समाज पुनर्गठन गरिएको छ ।

धादिङका वरिष्ठ साहित्यकार डिल्लिरमण अर्यालको निधनपछि नेतृत्व विहीन भएको धादिङ साहित्य समाजलाई शुक्रबार पुनर्गठन गरिएको हो ।

समाजको अध्यक्षमा मुरारी अधिकारी, उपाध्यक्षमा कल्पना अधिकारी, सचिवमा गोविन्द बुढाथोकी, सहसचिवमा दीपेन्द्र रिजाल र कोषाध्यक्षमा प्रकाश सापकोटा चयन हुनुभएको छ ।

त्यसै गरी संस्थाको सदस्यहरुमा डा. नवीनवन्धु पहाडी, रमेश अधिकारी, देवी अधिकारी, रविन्द्र श्रेष्ठ, दीपक विश्वकर्मा, राजेन्द्र राना गौरी नेपाल, रीता अधिकारी लगायत निर्वाचित हुनुभएको छ । धादिङ साहित्य समाजलाई अब मृत हुन नदिइने र धादिङको समग्र साहित्यको जगेर्नाको नेर्तत्व यसले गर्ने सचिव गोविन्द बुढाथोकिले धादिङपोष्टलाई बताउनु भयो ।
कार्यक्रम धादिङ साहित्य समाजका उपाध्यक्ष बाबुकाजि सिलवालको अध्यक्षतामा भएको थियो ।