कृषि कार्यालयद्वारा किसानलाई ट्याक्टर प्रदान

Avatar photo
Dhadingpost
मङ्लबार, असार ६, २०७४

धादिङ असार ६ । जिल्ला कृषि विकास कार्यालय धादिङले कृषि समुह र कृषि सहकारीमा आवद्ध किसानहरुलाई ट्याक्टर वितरण गरेको छ ।

अनुदानमा ट्याक्टर उपलब्ध गराउने नीति अनुसार आवेदन परेका मध्यबाट छनौटमा परेका कृषि समुह र सहकारीमा आवद्ध किसानहरुलाई कृषि कार्यालय धादिङ ९० प्रतिशद अनुदानमा ट्याक्टर वितरण गरेको हो ।

जिल्लाका विभिन्न कृषक समूह र सहकारीमा आवद्ध किसानहरुलाई जिल्ला कृषि विकास कार्यालयले ९० प्रतिशत अनुदानमा ट्याक्टर जिल्ला कृषि विकास कार्यालय धादिङले ४० वटा ट्याकटर वितरण गरेको छ ।

कृषिमा आधुनिकता र व्यवसायीकतामा जोड दिँदै किसानलाई राहात दिँदै आईरहेको सरकारले अनुदानमा ट्याक्टर लगायत अन्य उपकणहरु समेत वितरण गर्दै आईरहेको कृषि कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले धादिङपोष्टलाई बताउनु भयो ।