कलियुगको चोखो माया सार्बजनिक

Avatar photo
Dhadingpost
मङ्लबार, असार ६, २०७४

नेपाली लोकगीत प्रेमीहरुका लागि धादिंगका संचारकर्मी एवं युवा गायक सिताराम परियार (सरगम) को नया लोक दोहोरी गित कलियुगको चोखो माया को भिडियो सार्वजानीक भएको छ ।

माया प्रेम मा आधारित उक्त म्यूजिक भिडियो बजारमा आए सँगै गायक परियार युट्यूव मार्फत सार्वजनिक गर्नू भएको हो । यस म्यूजिक भिडियोमा स्वर सिताराम परियार सरगम र संगीता गुरुङको रहेको छ भने लय र शब्द सिताराम परियारकै रहेको छ र उक्त गितको भिडियो संचारकर्मी धर्मेन्द्र श्रेष्ठले निर्देशन गर्नु भएको छ ।

गीतमा सिताराम, सृजना, रबि, कभी, हरि, मनिष, सुमन, रामकृष्ण, राजु लगाएत अन्य कलाकारको अभिनय देख्न सकिन्छ । त्यसैगरी उक्त गितमा सन्तोषराज श्रेष्ठले छायांकन गर्नु भएको हो भने प्रभात भट्टले गितको भिडियो सम्पादन गर्नु भएको छ ।
गितको अडियो अनुसार म्युजिक भिडियो अलि भिन्दै र पृथक रहेको निर्देशक धर्मेन्द्र श्रेष्ठले बताउनु भयो ।

https://www.youtube.com/watch?v=GgIAzozkCIs&feature=youtu.be