सहकारी संस्थाहरुको दर्ता खारेज गर्ने बारेको सूचना 

Avatar photo
Dhadingpost
सोमवार, असार ५, २०७४

                      प्रथम पटक सूचना प्रकाशित मिति २०७४/०२/३०

यस जिल्लामा संचालन हुने गरि दर्ता भएका देहाय बमोजिमका सहकारी संस्थाहरुले सहकारी ऐन, नियम तथा सम्बन्धित संस्थाको विनियम बमोजिम कार्य संचालन गर्नु पर्नेमा विगत २ वर्ष देखि सहकारी ऐन २०४८ को दफा ३४ बमोजिमका विवरणहरु यस कार्यालयलाई नबुझाएकोले यथसिघ्र पेश गर्नुहुन र पेश नगरेमा निष्क्रिय सहकारी संस्थाको सुचिमा राखि खारेजी तर्फको कामकारवाही अगाडि बढाइने भनि मिति २०७३/१०/२० गतेको स्थानीय पत्रिकामा सूचना प्रकाशनको साथै निष्क्रिय सवै सहकारी सहकारीलाई पत्राचार गरिएकोमा तपशिल अनुसारका संस्था सम्पर्कमा नआएको हुँदा सहकारी ऐन २०४८ को दफा ४१ बमोजिम संस्था दर्ता खारेज गर्नेतर्फ कारवही गरिने भएकोले दर्ता खारेजी किन नगर्ने ? दर्ता खारेजी गर्नु नपर्ने कुनै कारण भए कारण सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक प्रमाण पेश गर्नु हुन अनुरोध गरिन्छ । अन्यथा यसै सूचनालाई आधार मानी सहकारी संस्था दर्ता खारेज हुने व्यहोरा जानकारी गराईन्छ । सहकारी सस्ंथाको दर्ता खारेजीले कोहि कसैलाई हानि नोक्सानी वा मर्का पर्न जाने भए के कती कारणवाट मर्का पर्न जाने हो तोकिएको म्याद भित्र स–प्रमाण यस कार्यालयमा निवेदन पेश गर्नु हुन समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।
सहकारी सस्ंथाको नाम र ठेगाना
१. श्री ज्योती दुग्ध उत्पादक सहकारी संस्था लि., केवलपुर २, धादिङ
२. श्री चण्डिभुमी दुग्ध उत्पादक सहकारी संस्था लि., तसर्पु २, धादिङ
३. श्री उच्च आर्दश हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. मु. ३, धादिङ
४. श्री महालक्ष्मी कृषि सहकारी संस्था लि., वसेरी ५, धादिङ
५. श्री जन प्रयत्नशिल कृषि बहुउद्धेश्ययि सहकारी संस्था लि., त्रिपुरेश्वर ३, धादिङ
६. श्री जन अधिकार कृषि बहुउद्धेश्ययि सहकारी संस्था लि., गोगनपानी ३, धादिङ
७. श्री त्रिवेणी कृषि बहुउद्धेश्ययि सहकारी संस्था लि., छत्रेदेउराली ६, धादिङ
८. श्री ज्वाला कृषि बहुउद्धेश्ययि सहकारी संस्था लि., चैनपुर ८, धादिङ
९. श्री तारेढुङ्गा कृषि सहकारी संस्था लि., री १, धादिङ
१०. श्री स्वावलम्वी कृषि तथा पशुपालन सहकारी संस्था लि., नीलकण्ठ ८, धादिङ
११. श्री कृषक उत्थान कृषि सहकारी संस्था लि., पिडा ५, धादिङ
१२. श्री मनरुपी कृषि सहकारी संस्था लि., नीलकण्ठ ११, धादिङ
१३. श्री जनता कृषि सहकारी संस्था लि., ज्यामरुङ ८, धादिङ
१४. श्री शुभारम्भ कृषि सहकारी संस्था लि., नीलकण्ठ ३, धादिङ
१५. श्री कार्कीडाडा कृषि सहकारी संस्था लि., वैरैनी १, धादिङ
१६. श्री समावेशी महिला सहकारी संस्था लि., नीलकण्ठ ६, धादिङ
१७. श्री सुन्दरादेवी कृषि सहकारी संस्था लि., छत्रेदेउराली १, धादिङ
१८. श्री युवा अभियान कृषि सहकारी संस्था लि., नलाङ २, धादिङ
१९. श्री आहालेदेवी महिला कृषि सहकारी संस्था लि., नीलकण्ठ २, धादिङ
२०. श्री कलवरी प्राङगारीक कृषि सहकारी संस्था लि., लापा २, धादिङ
२१. श्री कोल्पु कृषि सहकारी संस्था लि., जिवनपुर १, धादिङ
२२. श्री सुकर्म कृषि सहकारी संस्था लि., वैरेनी ७, धादिङ
२३. श्री सामुदायीक संचार तथा विकास बहु स. स.लिं. नीलकण्ठ ३, धादिङ
२४. श्री राजमार्ग सामुदायीक स्वास्थ्य सहकारी संस्था लि वैरेनी ९, धादिङ
२५. श्री दुग्धनाथ बचत तथा ऋण सहकारी संस्था लि., सल्यानटार १, धादिङ
२६. श्री जन उत्थान बचत तथा ऋण सहकारी संस्था लि., नीलकण्ठ ३, धादिङ
२७. श्री नक्षत्र बचत तथा ऋण सहकारी संस्था लि., नौविसे ६, धादिङ
२८. श्री समर्पण बचत तथा ऋण सहकारी संस्था लि., कटुन्जे ८, धादिङ
२९. श्री देविदेउराली फलफुल तथा तरकारी उत्पादक स. स.लिं. छत्रेदेउराली ८, धादिङ
३०. श्री नवज्योती फलफुल तथा तरकारी उत्पादक स. स.लिं. नौविसे १, धादिङ
३१. श्री जलेश्वर अगार्निक फलफुल तथा तरकारी उ. स. स.लिं. नीलकण्ठ ७, धादिङ
३२. श्री बुढाथुम ग्रामिण विद्युत सहकारी संस्था लि., बुढाथुम ३, धादिङ
३३. श्री प्रयत्नशिल जडिवुटी उत्पादक स. स.लिं. नीलकण्ठ ३, धादिङ

नेपाल सरकार
सहकारी तथा गरिवी निवारण मन्त्रालय
सहकारी विभाग
डिभिजन सकहारी कार्यालय धादिङ
धादिङबेसी, धादिङ