पाकिस्तान सँग भारतको लज्जास्पद हार

Avatar photo
Dhadingpost
सोमवार, असार ५, २०७४

काठमाडौ असार ५ । पाकिस्तान सँग आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि को खेलमा भारतको लज्जास्पद हार बेहोरेको छ।
भारतलाई १ सय ८० रनको विशाल अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधिमा कब्जा मात्र जमाएन आइसीसीको कुनै पनि प्रतियोगिताको फाइनलमा कुनै टोलीले हासिल नगरेको सबैभन्दा ठूलो अन्तरको थियो ।
जीतका लागि ३ सय ३९ रनको विशाल लक्ष्य पाएको भारतलाई मात्र ३०।३ ओभरमा १ सय ५८ रनमा सिमित राख्दै लज्जास्पद हार बोहोर्न भारत बाध्य भएको हो ।

आज भएको फाइनल भिडन्तमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ ।

३३९ रनको विजयी लक्ष्य पछ्याएको भारतको सुरुवात निकै खराब रहृयो । पाकिस्तानको बलरहरुसामू भारतीय टप अर्डरका ब्याट्सम्यानहरु निरिह बने । टिमले खाता नै खोल्न नपाउँदा तेस्रो बलमा रोहित शर्मा आउट भए । भारतको छ रन हुँदा विराट कोहली ५ रनमा आउट भए । यो भारतका लागि ठूलो झड्का थियो भने पाकिस्तानका लागि जितका लागि ठूलो खुड्किलो पार भएका थियो ।

पाकिस्तानी बलरहरुका सामू भारतका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । शिखर धवन पनि २१ रनमै आउट भए । चौथो विकेटका रुपमा युवराज सिंह २२ रनमा आउट हुँदा महेन्द्र सिंह धोनी पनि टिक्न सकेनन् । उनी मात्र ४ रनमा आउट भए । छैटौं विकेटका रुपमा केदार जादव ९ रनमा आउट हुँदा भारतको स्कोर मात्र ७२ रन थियो । योसँगै भारतको हार लगभग तय भयो ।

सातौं विकेटका लागि हार्दिक पाण्डेय र रविन्द्र जडेजाले ८० रनको साझेदारी गरे । यो भारतका लागि केही राहत थियो । तर, जितका लागि पर्याप्त थिएन । पाण्डेय रन आउट भएपछि भारत धरासायी भयो । उनी ७६ रनमा आउट हुँदा टिमको स्कोर १५२ रन थियो । थप चार रन जोड्दा भारत अलआउट भयो ।

भारतलाई मात्र ३०।३ ओभरमा अलआउट गर्ने क्रममा मोहम्मद अमिर र हसन अलीले ३र३ विकेट लिए । सहदाव खानले २ विकेट लिए भने जुनिद खानको नाममा एक विकेट रहेको थियो।