विवाह र सेक्सको अपिल

Avatar photo
Dhadingpost
आइतवार, असार ४, २०७४

एजेन्सी । जापान सरकारले विवाह र सेक्सका लागि अपिल गरेको छ । देशको जनसंख्यामा कमी हुँदै आएपछि सेक्स र विवाहप्रति चासो देखाउदै अपिल गरेको बताईएको छ ।

जापानमा बुढेसकाल लागेकाहरुको मानिसहरुको संख्या सबैभन्दा धेरै रहेको छ । विश्वमा सबैभन्दा धेरै बुढा मानिसहरु भएको राष्ट्र पनि जापान नै पर्छ ।

यो पिढीले विवाह नगरेकै कारण बच्चाहरु नभएका हुन् । सरकारले बच्चा पाउन तथा विवाहका लागि पैसा समेत दिने नीति लिएको छ । तर कामका कारण परिवार बनाउने फुर्सद जापानी जनताहरुसँग रहेको छैन ।

जापानमा १८ देखि ३४ वर्षसम्मका अविवाहित पुरुषहरु ७० प्रतिशतको हाराहारिमा रहेका छन् । ६० प्रतिशत अविवाहित महिलालाई सेक्समा रुची नै छैन । त्यतिबेला चिन्ताजनक अवस्था झन् थपियो जब ४२ प्रतिशत पुरुष र ४४।२ प्रतिशत महिलाले आफु भर्जिन रहेको बताए ।