धादिङ संचार सहकारीको साधारणसभा सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, असार ४, २०७४

धादिङ असार ३ । धादिङ जिल्लामा छरिएर रहेका पत्रकारहरुको धादिङ संचार सहकारीको छैटौ वार्षि साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेलको प्रमुख अतिथ्यता रहेको शनिवार सम्पन्न उक्त साधारण सभामा धादिङका पत्रकारहरुको सहभागिता रहेको थियो ।

धादिङका १३ पालिकामा ४२९ वटा प्रारम्भिक सहकारी ८१ हजार ७६६ जना महिलासहित संस्थाहरुमा १ लाख ३५ हजार १३४ जना शेयर सदस्य रहेकाछन् । २ अर्व ४२ करोड ८५ लाख ५१ हजार निक्षेप र १ अर्व ६१ करोड ५७ लाख ९६ हजार शेयर पूँजी रहेको छ । सहकारी व्यवस्थापन पारदर्सिताका र नेपालको सहकारी कानुका विषयमा प्रमुख अतिथि कडेलले प्रष्ट्याउनु भएको थियो ।

साधारणसभा सकिय लग्गतै सहकारी सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । नेपालमा सहकारीको ऐतिहासिक पृष्ठभुमि, राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख महत्व तथा उदेश्य, बैंकको आवद्धता र साझेदार निकायहरु, सहकारी बैकका सेवाका विषयमा जानकारी गराईएको थियो ।

धादिङ सञ्चार सहकारी संस्थाका अध्यक्ष राजेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्क अधिकृत केवि उपे्रतिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको थियो ।