समृद्धी आफैबाट सुरु गरौं

Avatar photo
Dhadingpost
शनिबार, असार ३, २०७४

आबस्यकता र बिकल्प अनुसार मानिसमा पनि सोच हुन जरूरी छ । जब मानिसमा राम्रो सोच बिचार हुन्छ, बैकल्पिक बाटोको खोजि कार्य सुरू गर्छ तव मानिस समृद्धि तर्फ अगाडी बढ्छ ।

पहिलो कुरा सामाजिक आर्थिक धार्मिक राजनैतिक शारीरिक मानसिक पुर्ण रूपमा तन्दुरूस्ती ठिक हुनपर्यो, सहि योजना बनाउन बनाऊन सपना देख्नु पर्यो । बिदेशमा देखेर परेर पढेर हासिल गरेको ज्ञान सिप र दक्षतालाई स्वदेशमा लागु गर्न सक्न पर्यो । तालिम दिएर सबैलाई शिक्षा दिन सक्यो भने राम्रो हुन्छ । बिदेशबाट फिर्ता भएपछि तड्क भड्क देखाएर मानिस मन मस्तिष्कलाई खल्लल पुराऊनु भन्दा ब्याबहारिक ज्ञान दिएर देशलाई आर्थिक विकास गर्न उन्मुख हुन पर्यो । याहा अर्काको देशमा १५-१६ घन्टा खटेर पसिना बगायको तितो यथार्थतालाई बिर्सर्ने चलन छ ।

सेतो सट कालो चस्मा कालो टल्कियको जुत्ता लगायर तड्क भड्क देखायर मानिसको मोरलमा असर पर्ने काम गर्नु भन्दा उनीहरूको हौसलाको लागी हामी बिदेशमा १४-१६ घन्टा दैनिक खटेर काम गर्छौ दिन रात साँझ बिहान घाम पानी केहि भन्दैनौ । सधै कालो मैलोमा काम गर्छौ दुख गरेको छौ कोही भाडा माझ्छौ कोही ट्वाईलेट सफा गर्छौ । हामीले गर्ने काम भनेको D3 हो डर्टी डिफिकल्ट र डेन्जर काम मात्र हो । त्यसैले हामीले विदेशमा १४ घन्टाको ठाऊमा देशमा ७ घन्टा मात्र दैनिक खटेर काम गरे पनि काफि हुन्छ भन्ने मेरो मान्यता हो ।

यही कुरालाई तपाईहरू जस्तो शिक्षित समाजसेवी सोसियल मानिसहरूले बुझाऊन सक्नु पर्यो । तपाई हाम्रो सबैको साथ सहयोग र सहकार्यले मात्र नेपालमा आर्थिक समृद्धि सम्भब छ । त्यसैले मन मष्तिकबाट निस्केको सपनालाई फेसबुक स्टाटस मार्फत सबै सामुन्ने पुराउने जमर्रको गरेको हुँ अन्यथा नसोचि दिनु होला उचित सल्लाह सुझाब सहकार्य गरेर अगाडी बढौ हामी सफल बन्ने छौ । हाम्रो सपना सफल हुनेछ। सपना बिपनामा परिणत गर्न सकिन्छ तर पहिला त सपना देख्न जरूर छ ।

सपना भनेको सुतेर रातमा निधाएको बेलामा देखिने होईन दिनमा ननिदाई दिपा सपना देख्न जरूर ठान्दछु । यसरी देखेको सपनामा हामी सबै युबा शक्ति तन मन विवेक ले लागेर काम गर्न सकियो भने नेपालको भुमिमा सुन फलाउन सक्छौ । हामी संग यति बिकल्प हुँदा पनि केहि गर्न नस्कनु हाम्रो कमजोरी हो । हामी नेपालीहरू सुनको थाल र चाँदीको कमाण्डलु भिरेर विदेश मा बालुवाको देश मरूभुमिमा भिग माग्न जानु पर्दैन जस्तो लाग्छ । कति कमजोरी जताबाट पनि हामी अरूलाई नै फाईदा र विकास गराउँछौ थाहा छ । निम्न वित्पन्न वर्गको नेपालीहरू अर्काको देशमा विसाल महलहरू निर्माण तथा सफा गर्छन् । अर्को थरि त्यही श्रमिकको पसिनाको रेमिटान्सबाट भत्ता तलब खान्छ । रातो कार्पेटमा टेकेर मंख्ख पर्छ कस्तो विकास भएको भन्छ ।

हुस्कि र नतर्कि संग रमाउँछ । त्याहाँको नेपालीको हालत के छ कस्तो छ काम बिचार गर्दैन । अनि नेपाल जान्छ १० बर्षमा सिंगापुर बनाउँछु । २० बर्षमा सुर्योदय देश जापान बनाउँछु भन्दछन् । हामी परदेशमा रहनेहरुको त्यसमा पनि धादिङगेहरुको साझा विचार बन्ने धादिङपोष्ट मार्फात आफ्नो मनको विचार पोष्ट गरेको हुँ । यसमा कुनै नकारात्मक सकारात्मक कमेन्टहरू आउलान् यसमा म खुसि हुने छु ।

मेरो बिचार अब यसरी बिदेशी भुमिमा पसिना बगाएर बस्नु भन्दा नेपाली माटोमा पसिना बगाई केहि गर्ने प्रबल ईच्छा भएको हुँदा । सबै साथीहरूको राय सल्लाह र शुझाबको अअपेक्षा समेत गर्दछु ।

सपना तथा योजना

१. ५ देखि १० रोपनी जंग्गा भाडामा लिएर नेपालमा अर्गानिक तरकारी उत्पादन गरि शहरबासी सबै दाजुभाई दिदी बहिनी हरूलाई राम्रो स्वच्छ सफा कुनै रासायनिक पदार्थ प्रयोग नगरेको अर्गानिक तरकारी खान दिई स्वास्थलाई तन्दुरूस्ती बनाऊने ।
२. हावापनी र वातावरण अनुसारको लोप भएर गएको वनपैदावार जडिबुटी चिराईतो कागज बनाऊने पाटको खेती गर्ने निगाला बासको संरक्षण गरि घरेलु रोजगार बाँस निगालाबाट बन्ने सामानहरू कुटिर उद्योग संन्चालन गर्ने ।
३. हावा पानी र सिजनल तरकारी फलफुलको खेति तथा व्यवस्थापन गर्ने ।
४. सबैलाई सक्षम र स्वाबलम्बी स्वरोज़गार बन्न सक्ने प्रेरणा दिने ।
५. लोप हुन लागेको कलालाई उपयोगमा ल्याऊने ।

फाईदा
पहिलो पास्पोट र बायोडाटा बोकेर मान्छे बेच्ने तस्करी र दलालीको खोजि गरि हिड्न नपर्ने ।
क. घरेलु कला कुटिर ऊध्योग को बिकास हुने,
ख. सबै आत्मा निर्भर र सक्षम बन्ने ।
ग. सबै लाई रोजगार हुने ।
घ. स्थानिय श्रोत र साधन को सदुपयोग हुने ।
च. देश को तथा ब्याक्तीगत आयश्रोत बढने
छ. बेरोजगार को सम्स्या समाधान हुने १
ज. बिदेशी लाई रोजगार दिन सकिने ।
झ. आफ्नो खुसिमा रमाऊन सकिने ।

प्रजुन कुमार अधिकारी
गंगाजमुना गाउँपालिका फुलखर्क
हालः वैदेशिक रोजगारीको शिलसिलामा मकाउ