एसइई नतिजाः अबिना भइन् धादिङ टप

Avatar photo
Dhadingpost
शनिबार, असार ३, २०७४

धादिङबेसी असार ३ । धादिङ जिल्लाको समग्र नतिजा हेर्दा शैक्षिक वर्ष २०७३ को एसईई परीक्षाको नतिजामा अबिना अर्याल उत्कृष्ठ भएको व्राईट फ्युचर इ. वो. स्कुल सहकारी संस्था लि. बेनिघाट रोराङले दावी गरेको छ ।

धादिङ जिल्लाबाट आफुले बुझे सम्म अबिनाले ३.८५ जिपिए प्राप्त गरी जिल्ला टप भएको हाम्रो दावी हो, विद्यालयकी प्रिन्सिपल कल्पाना सिल्वालले धादिङपोष्टलाई बताउनु भयो ।

धादिङ सिद्धलेक गाउँपालिका वडा २ बैरेनीकी अविना धादिङका चर्चित मौरी पलक मौरि बजेका रुपमा परिचित केशव अर्यालको नातिनी हुन् । उनलाई फेसबुकमा बधाई दिदै प्रिन्सिपल सिल्वालले पोष्ट गरेकी छिन्- यस शैक्षिक वर्ष २०७३ को एस ई ई परीक्षाको आज प्रकाशित नतिजा अनुसार व्राईट फ्युचर इ वो स्कुल सहकारी संस्था लि वेनिघाट रोराङ ३ का २७ जना परीक्षार्थीहरू मध्ये ३.८५ जिपिए प्राप्त गरी जिल्लाकै उत्कृष्ट स्थानमा रहन सफल बहिनी अविना अर्याललाई हार्दिक वधाई दिन चाहन्छु साथै राम्रो अङ्कका साथ उत्तीर्ण सम्पूर्ण भाइ बहिनीलाई धेरैधेरै बधाई र शुभकामना व्यक्त गर्दछु ।आजको यो नतिजा ल्याउनका लागि अहोरात्र खटिने सम्पुर्ण शिक्षक मित्रहरू,अभिभावकवर्ग र हामीलाई सधैँ असल मार्ग निर्देशन गर्नुहुने सञ्चालक,व्यवस्थापन, लेखा,शिक्षा समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू प्रति हार्दिक आभार प्रकट गर्दछु ।