नीलकण्ठ महिला सहकारीद्वारा मेयरलाई बधाई तथा सम्मान

Avatar photo
Dhadingpost
शुक्रबार, असार २, २०७४

नारायण सिलवाल,
धादिङबेसी, असार २ ।
धादिङबेसी स्थित नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्थाले नगरपालिकाका मेयर तथा उपमेयर र वडाध्यक्षलाई बधाई तथा सम्मान गरेको छ ।

सहकारी अध्यक्ष पार्वती अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति रमेश धमलाले जननिर्वाचित प्रतिनिधिलाई सम्मान गरि रहनु नपर्ने बताउनु भएको थियो । अब सम्मान होइन काममा सहयोग गरौ भन्दै धमललाले हिजोका नेपाली कांग्रेसले चुनावमा ल्याएका एजेण्डा चुनावमा मात्र सिमित हुँदैन कार्यान्वयन गर्न र गराउन नेपाली काँग्रेस प्रतिवद्ध रहेको बताउनु भएको थियो ।

मेयर भिम ढुङ्गानाले सहकारीको चलन विपिको पालादेखि सुरुभएता पनि आवश्यक नीति अहिले सम्म बन्न नसकेको बताउनु भएको थियो । उहाँले अब बोलेर होईन काम गरेर देखाइन्छ ५ वर्षमा नीलकण्ठले अदभुतरुपमा काँचुली फेरेको महसुस हुने गरि काम गरिन्छ नीति बनाईन्छ यसका लागि सबैको खाँचो रहेको बताउनु भएको थियो ।

बधाई थाप्दै उपमेयर मनराज भण्डारीले सरकारले सहकारी सम्बन्धी ल्याएका सहकारी नीति धेरै पुरानो भएको र सहकारीलाई राज्यको पुनसंरचना अनुसार परिवर्तनको लागि नीतिगत रुपमै पहल गरिने बताउनु भएको थियो ।