मकाउबाट विनाकारण कामदार फर्काइन्छ

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३१, २०७४

मानिसको जन्म देखि मृर्त्यु प्रयन्त मतलव जन्मे देखि नमरून्जेल सम्मको बीचको समय भनेको मानिसको जिन्दगी हो ।

यो बीचमा सबै मानिसलाई कमाउन परेको छ । यहाँ, मानवता र नैतिकता भन्ने कुरा छैन, सबै एजेन्ट दलाल कमिसन र प्रत्येक्ष अप्रत्यक्ष फाईदाको लागी लागीपरेको हुन्छ । २-४ पैसा कमिशन आउने लोभमा अग्रज नेपाली दाजुभाईहरुको मस्तिष्कमा दुलो अनि आँखामा फुलो परेको हुन्छ र यस्ता दलाल र कुनियतमा फसेको मानिसलाई ईज्जत लाज घिन डर आफ्नो आक्रोश भन्ने केहि हुदो रहेन्छ ।

यहाँ मकाऊमा सम्पन्न सुबिधा क्यासिनोमा आउनको लागि ३ देखि ४ लाखको सम्मको लागतमा कामदार झिकाइन्छ । तर, काम, बस्न(खान, सुत्न, घाम-पानी, जाडो-गर्मीको कुनै ठेगान नहुने सप्लायर्सको कामको लागि विभिन्न बहानामा ६ देखि १० लाख सम्मको लागत खर्च लगाइन्छ। दलालहरुका चिल्लो मसिनो कुरामा जब मकाउ छिरिन्छ अनि थाहा हुन्छ । वास्तविकता मकाऊ को फोस्रा र खोक्रा आश्वासनमा परिणत हुन्छन्। साना( साना कुरामा पनि कामदारलार्इ चिडाइन्छ यहाँ अनि सुरुहुन्छ पैसोको चलखेल एकवर्ष पछि नेपाल फर्काउने अनि अर्को नयाँ कामदार ल्याउने र लाखौं कुम्ल्याउने नाटक रातारात रचिन्छ ।

बिनाकारण, बिना गल्ती नेपाल फिर्ता पठाइन्छ। सप्लायर्सको जागिर खासै के नै कमाइै हुन्छ र एक वर्षमा बल मरेर ८-१० लाख कमाई गरिन्छ । आउन को लागी साहुको फाईन्स र बैंकको ॠण गरेर आएको हुन्छ । अनि एउटा कामदारलार्इ ॠण माथिको ॠण र ऋृणको ब्याजले उम्किन मुस्किल हुन्छ ।

हात लाग्यो शुन्य, हुन्छ एकवर्ष सम्म घर परिवार संगको बिछोड्को पीडा, त छदै छ र पनि चाईनिज संगको किचकिच अनि खाइ न पाइको दुःखले मानशिक रोगी, सारीरिक पिडा मानसिक तनाब डिप्रेशन हेर्नुस् त कति छ मानिसको पीडा किन बुझ्दैनन यहाँ मान्छेले ? हुनतः बुझ्नेले नबुझे जस्तो गरि बुझ पचाय पछि कस्लार्इ के भन्नू र ? धिक्कार छ जस्ले ब्यक्तिगत स्वार्थका लागि २र ४ पैसाको प्रलोभनमा अरुको रोजिरोटी खोस्दै छ, अर्काको भविस्यमाथी खेलवाड गर्दैछ, त्यस्ता नरपशुलार्इ त्यो पैसा अनि त्यसले किन्ने भौतिक सुबिधाले क्षणिक आनन्दित त देला बनाउला तर, त्यसको पापले अरूको आत्मा रूवाऊने ले भौतिक सुख त पाऊला क्षणिक तर अधात्मिक सुख भने पाऊने छैन एकदिन अवश्य रून पर्नेछ अरूलाई रूवाऊनेलाई भगवानले एक दिन अवस्य रूवाऊने छ अबस्य पाप कराउने छ ।

देख्न पाईन्छ सहन सक्नु पर्दछ । पाप भनेको देख्ने गरि फोहर लागे जस्तो होईन । यो मनमा मस्तिकमा बिस्तार बिस्तार लाग्दै पुरा ढाके पछि छोप्न सकिदैन अनि मात्र समाजमा देखिन्छ ।
प्रजुन अधिकारी
गंगाजमुना गाउँपालिका फुलखर्क
हालः मकाउ चाइना