पुदिना र यसको महत्व बुझ्न आवश्यक

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३१, २०७४

धादिङ । तपाई हाम्रो घर आँगनमा छेउछाउमा पाइने पुदिना हामी सबैले अचारको रुपमा प्रयोग गर्दै वनस्पति वर्गमा पर्ने झार हो । कतिले यसको महत्व बुझेर खाने गरेका छौ भने कतिले यस्को बास्ना मिठो लागेर अचारको रुपमा खाने गरेका छौं ।

गाढा हरियो रंगको तुलसी जस्तै स-साना पात हुने पुदिनालाई पतिना भनेर गाउँघर तिर चिनिन्छ । प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो।

पुदिनामा कयौ गुणा औषधीको गुण पाइन्छ भन्ने जानकारी नहुँदा प्रयाप्त प्रयोग हुन सकिरहेको छैन । ताजा हरियो र अर्गेनिक पुदिनामा भिटामिन ए प्रशस्त पाइन्छ । यसको स्वाद र सुगन्धले भोजन रुचिकर हुन्छ । पुदिना कटु उष्ण, दीर्घ, दीपक तथा कफ वायु उल्टी, पेटको दर्द, वातनाशक गुण यसमा पाइन्छ । आमाशयलाई शक्ति दिन्छ । गर्भाशयलाई सक्रिय पार्ने, मासिक धर्मको अवरोध हटाउँछ । पुदिनाले उच्च र निम्न रक्तचापसमेत नियन्त्रण गर्छ । फोक्सोमा जम्मा भएको कफ बाहिर निकाल्नमा पुदिनामा अत्यन्त राम्रो गुण हुन्छ । त्यसैले पुदिना वृद्ध अवस्थाका लागि पनि नित्य सेवन योग्य औषधि मानिएको छ ।

विभिन्न रोगमा पुदिनाको प्रयोग
अपच
दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५-६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ।
पेट फुल्ने
पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १-२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ।
क्यान्सर
पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ। दिनको १०-१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २-३ पटक केही महिनासम्म खुवाउन सकिन्छ।
पेट दुखाइ
पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ।
दम र खोकी
पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ। घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ।
काटेको घाउमा
कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ।
मुर्छा
सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ।
ज्वरो
पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ।