त्रिशुलीको किनारमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता जारी

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ३०, २०७४

धादिङ, गजुरी जेष्ठ ३० । धादिङ गजुरी गाउँपालिकाको त्रिशुलि किनार गलौदीमा जिल्ला स्तरीय एन्फा फुटबल लिग प्रतियोगिता जारी छ ।

जिल्ला भरिबाट १२ टिम सहभागि रहेको ७ औ जिल्ला स्तरीय एन्फा फुटबल लिग प्रतियोगिता असार ३ गते सम्म चल्ले आयोजकले बताएको छ ।

चार पोल बनाई प्रतियोगिता गराईएको प्रतियोगितामा राम्रा ठिमका रुपमा चिनिएको धादिङ समाज धादिङ, भद्रकाली युवासमाज र धुनीबेसी युवा क्लवले समेत प्रतियोगितामा सहभागि जनाएका छन् । आइतबार धादिङ पहिलो चरणको लिग खेलमा समाज समाज धादिङले राम्रो भनिएको भद्रकालीलाई हराएको थियो । बिहान १ खेल र बेलुका २ खेल खेलाउँदै आएको आयोजकले बिहिबारबाट हुने क्वाटर फाइनल खेल भने बिहान २ खेल र बेलुका २ खेलाउने खेलाउने भएको छ ।

जिल्ला फुटबल संघ धादिङले आयोजना गरेको यस प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार नगद, द्धितिय हुनेलाई २१ हजार नगदको र शिल्ड मेडल प्रमाण पत्र प्रदान गरिने संघका अध्यक्ष दिपक खतिवडाले बताउनु भयो ।