बरेलीमा बस र ट्रक ठक्कर खाँदा २२ जना जले

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २२, २०७४

दिल्ली, जेठ २२ । भारतको बरेलीमा बस ट्यांकर ट्रक संग ठक्कर खाएर दुर्घटना हुँदा २२ जना जलेका छन् । भने १५ जना घार्इते भएका छन् ।

नयाँ दिल्लीबाट गोंडातर्फ गर्इरहेको रोडवेज बस ट्रक संग ठोक्किँदा डिजेल ट्यांकी बिस्फोट भर्इ आगलागी हुँदा २२ यात्रुको जलेर मृत्यु भएको थियो ।

यात्रुहरु बसबाट बाहिर निस्कन सक्ने अवस्था समेत नरहेकाले धेरैको मृत्यु भएको हो । मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बसको पछाडीको ढोका खुला नहुँदा धेरै यात्रुहरु बाहिर निस्कन समेत पाएनन ।