मूर्दाहरू समृद्ध हुन सक्दैनन्

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २२, २०७४

Khem Thapaliya
मूर्दाहरू समृद्ध हुन सक्दैनन् तर मूर्दाघरको जिर्णोद्धार हुन सक्छ । फुटेको हाँडी, सुकेको रूख, चकनाचुर भएको सिसाको समृद्धीकरण असम्भव छ ।

रेविजको उपचार सम्भव छ तर रेविजग्रस्तको उपचार सम्भव छैन । ढलेको आस्था, गलेको मन, स्खलित आदर्श उठाउन सम्भव हुन्छ तर योजनाबद्ध रूपमा थालिएको दक्षिणीयात्रालाई उत्तरागामीरऊध्र्वगामी बनाउन सम्भव छैन ।

सुकेको हाँगा र ओइलाएका फूलले नयाँ आकार र नयाँ स्वरूप ग्रहण गर्न सक्छन् तर सुकेको वा मक्किसकेको जरा भएको वृक्षको हकमा यो कुरा लागू हुन सक्तैन ।