दुई करोड भन्दा बढी ठगेर एमाले नेता फरार

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ १९, २०७४

जेष्ठ १९ । एमाले नेता मीनबहादुर नेपालीले अलएनमा रहेका नेपालीहरुसँग विभिन्न बहानामा झन्डै दुई करोड रूपैयाँ भन्दा बढी ठगी गरि बेपत्ता भएका छन् ।
नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च युएइका पुर्व क्षेत्रीय उपाध्यक्ष तथा एन आरएन अलएेन क्षेत्रका पुर्व अध्यक्ष नेपालीले अलऐनमा रहेकानेपाली श्रमिक सँग नेपाल पैसा पठाइदिने बहानामा प्रति ब्यक्ति १४ सय दिराम देखि १ लाख दिरामसम्म ठगी गरि फरार भएका हुन् ।

दुबईका नेपालीका अनुसार मीनबहादुर हुण्डी कारोबारी हुन् । हुण्डीका साथै उनी नेपाली कामदारहरुसँग ब्याजमा पैसा लिने गर्दथे । महिनाको एक हजार दिराम बापत ८० देखी १०० दिरामसम्म ब्याज तिर्ने सर्तमा नेपाली तथा अन्य कामदारहरुबाट हजारौ दिराम पैसा लिने गर्दथे । उनले आफ्नो नाममा भएको रेस्टुरेन्ट एक बङगाली नागरिकलाई बेच्ने भन्दै एक लाख दिराम लिएर रेस्टुरेन्ट नबेचेको नेपालीहरु बताउँछन् ।

नेकपा एमाले निकट प्रवास संगठन युएइले भने प्रेस विज्ञप्ति निकाल्दै उक्त व्यक्तिसँग संगठनको कुनै सम्बन्ध नरहेको भन्दै अनावश्यक प्रचार नगर्न चेतावनी समेत दिएकोछ ।