Share र care परिवारमा हुनु पर्छ

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १४, २०७४

Dhruba Adhikari
एउटा प्राथमीक बिद्यालयकी शिक्षीका (मिस) ले एकदिन कक्षा तिन का बिद्यार्थी सँग परिक्षा लिईन , परिक्षामा एउटा मनोबिज्ञान सँग सम्बन्धित प्रश्न पनि सोधिएको थियो> “यदि मान्छे आफुले चाहेको जस्तो रुप फेरेर मेशिन बन्न सक्ने भए तिमी चाही के बन्थ्यौ ? र किन ?” परिक्षा जसै सकियो ति मिसले परिक्षा पत्र जाँच्न को लागी घरैमा लिएर आईन ।

साँझ को खाना खाएर मिस कपी जाँच्न बसिन , जाँच्दै गईन् अन्तिम कपि जाँच्दैगर्दा उनका आँखाभरी आँशु भए , उनका श्रीमान उनकै नजिक बसेर TV मा केहि हेरिरहेका थिए । त्यो देखेर उनले भने किन रोएकी ? यस्ता कलिला बच्चा बच्चिका कपि जाँच्दा पनि रुनुपर्छ त ? शिक्षीकाले आँशुले भरिएका आँखाले आफ्ना श्रीमान तिर हेर्दै भनिन – आजको परिक्षामा यिनिहरुलाई यौटा प्रश्न सोधिएको थियो,त्यसको जवाफमा एक जना बच्चाले यस्तो लेखेको छ- यदि आफ्नो ईच्छा अनुसारको सामान बन्न पाउने भए म “टि.भी.”बन्ने थिएँ . . .

श्रीमान- (हाँस्दै) धत लाटी यस्तो कुरामा किन रुनु ?
मिस- अगाडि सुन्नुस् न अझै..किनकी यदी म टिभी भए सँधै बाबा मम्मि अनि घरका सबै सदस्य मेरो वरिपरि रहने थिए । घरमा मेरो स्थान नै अलग हुने थियो , जब म बोल्थेँ सबैले ध्यन दिएर सुन्थे बिना कुनै उल्टा सवाल , बाबा अफिसबाट थाकेर आएपनि मरो छेउमा बसेर मलाईनै हेरिरहनुहुने थियो , मम्मिको अरु कुनै काम नभएको बेला पनि ममा लागेको धुलो पुछ्दै प्यारका साथ रुमालले ढाकि दिनुहुन्थ्यो , मम्मि बाबा जब तनाबमा पर्नुहुन्थ्यो तब मलाई गालि गर्नु हकार्नु को सट्टा उल्टै मेरो साथमा बसेर आफ्नो तनाव कम गर्नुहुन्थ्यो , साँच्चै म टिभी हुन्थेँ भने सबैलाई खुशिदिन सक्थेँ, यहाँसम्म कि मेरो सामु बस्न मेरा दिदी दाजु र भाई बहिनीमा तँछाड मछाड झगडा हुन्थयो . . . . ।

यति सुनेपछि मिसका श्रीमान अलि गम्भिर भए । र भने – बिचरा बालक ! उसका बाबा आमाले त उस्लाई अलिकति पनि ख्याल नगर्दा रहेछन् , कति अभागी त्यो बच्चा बाबु आमाको ममताको लागी तड्पीरहेको रहेछ , केहि त देखभाल गर्नु नि ।
अगाडि मिसले भनिन् थाहा छ हजुरलाई त्यो बच्चा को हो ?
श्रीमान- को हो ?
मिस- त्यो बच्चा हाम्रै छोरा कालु हो . . . . . ।

श्रीमान- हँ . . . . ऽऽ (दुबै जना स्तब्ध) :
हजुर ! आजको अति ब्यस्त जिन्दगिको भाग दोड युक्त माहोलमा कतै तपाईँका प्यारा कालु पनि टिबी या मोबाईल त बन्न चाहँदैनन् ? आदरणिय मित्रहरु कुनैबेला यो कथाको जस्तो अवस्था मैले पनि भोगेको छु । त्यसैले मेरो त मन छोयो । बास्तवमा हामी हाम्रा अभिभावक बाट या हाम्रा सन्तान बाट खुशि र अपार मायाँ ममता पाउन चाहन्छौ भने हामीले पनि त्यो कुरा दिन सक्नु पर्छ । Share र care परिवार मा हुनु जरुरी छ । यती पढिदिनु भएकोमा हजुरलाई धन्यवाद !!!