धादिङको जिल्लाको निर्वाचन परिणाम यस्तो रह्यो

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ६, २०७४

जेष्ठ ७ । धादिङ जिल्लाको १३ पालिका र १ सय ४ वडाको निर्वाचनको नतिजा आएको छ । जिल्लामा एकाध सामान्य घटनाहरु भएपनि सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण ढंगले मतदान प्रक्रिया सकिएको थियो ।

मत गणना गर्न ढिलो हुनाले नतिजा आउन करिव ६ दिन लागेको थियो । धादिङमा नेकपा एमालेले राम्रो नतिजा निकालेको छ । एमालेले १ नगरपलिका र ७ गाउँपालिका सहित ५६ वडा जितेको छ, भने नेपाली काँग्रेसले १ नगरपालिका सहित काङ्ग्रेस २४ वडा जितेको छ । त्यस्तै माओवादी केन्द्रले १ गाउँपालिका सहित २१ वडा र राप्रपाले १ गाउँपालिका सहित ३ वडा जितेको छ ।

धादिङका १३ स्थानीय तहको प्रमुख र उपप्रमुख
१ सिद्दलेक प्रेमनाथ सिल्वाल र कमला शर्मा एमाले
२ धुनिवेशी बालकृष्ण आचार्य र निरु खरेल एमाले
३ नेत्रावती नारायण शाक्य एमाले र उर्मिला तामाङ माओवादी केन्द्र
४ खनियावास रण बहादुर तामाङ र योमाया तामाङ काङ्ग्रेस
५ रुविभ्याली चेरुङ तामाङ र विना तामाङ राप्रपा
६ थाक्रे राजकुमार आचार्य र अम्विका रुपाखेती एमाले
७ ज्वालामुखी बिनोद तिमिल्सिना काङ्ग्रेस र जानुका सिम्खडा एमाले (प्रमुख र उप प्रमुखमा काँग्रेस माओवादी तालमेल भएको)
८ गङ्गाजमुना बल अधिकारी र एन्जिला तामाङ एमाले
९ गल्छी कृष्णहरी श्रेष्ठ र राधा तिमिल्सिना एमाले
१०. त्रिपुरेस्वर शम्भु थापा एमाले
११ वेनिघाट रोराङ हरी डल्लाकोटीमाओवादी केन्द्र र देवी प्रसाद सिल्वाल काङ्ग्रेस (प्रमुख र उप प्रमुखमा काँग्रेस माओवादी तालमेल भएको)
१२ राजेन्द्र विक्रम बस्नेत र सीता धुङ्गाना एमाले
१३ नीलकण्ठ भिम प्रसाद ढुङ्गाना काङ्ग्रेस र मनराज भण्डारी माओवादी केन्द्र (प्रमुख र उप प्रमुखमा काँग्रेस माओवादी तालमेल भएको)