एमालेले वितरण गर्न लागेको पाइप र ड्रम वाइसिएलको नियन्त्रणमा

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २७, २०७४

धादिङबेसी बैशाख २७ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा भोटका लागि एमालेले बुधबार बिहान १० बजे वितरण गरि रहेको पाइप र ड्रम कब्जामा लिई प्रहरीलाई बुझाएको बाइसिएल धादिङले जनाएको छ ।

नेकपा एमाले बेनिघाट रोराङ वडा ३ का वडा अध्यक्ष भुवन त्रिपाठीले फोकस नेपालको नाममा वितरण गर्न पठाएको पाइप र ड्रम आचार संहिता विपरित रहेकोले कब्जा गरी प्रहरीलाई बुझाएको वाइसिएल धादिङका उपाध्यक्ष लक्ष्मण रम्तेलले बताएका छन् ।

वडा अध्यक्षका उम्मेदवार भुवन त्रिपाठीको निर्देशनमा स्थानिय कार्यकर्ता गणेश कडेल मार्फत वितरण गर्न लागिएको उक्त पाईप र ड्रम पूर्णबहादुर तामाङको नेतृत्वमा गएका वाइसिएल कार्यकर्ताले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको उपाध्यक्ष रम्तेलले बताए ।