एम्बुलेन्स अंकल उम्मेदवार बने, नीलकण्ठमा उनकै चर्चा बढी

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २४, २०७४

धादिङबेसी बैशाख २४ । धादिङबेसी बीचबजारका ४१ वर्षिय नारायणकुमार श्रेष्ठको खास नाम सबैले बिर्सन थाले । बजारका बालबालिकाले एम्बुलेन्स अंकल भनेर बोलाउँछन् । जिल्लाभर उनी एम्बुलेन्स नारायण भनेर परिचित छन् । उनी कुनै दुर्घटनाको सूचना पाउनासाथ एम्बुलेन्स झैं दौडिन्छन् । कुनै व्यक्ति रूखबाट लडोस् या सवारी दुर्घटना होस् । आगलागी या बाढी पहिरो घटनामा उनैलाई फोन आउँछ । जस्तो अवस्थामा भए पनि उनी बिरामी बोक्ने स्टेचर लिएर दौडी हाल्छन् ।

धादिङबेसी आसपास एम्बुलेन्स अंकलको निकै चर्चा परिचर्चा हुन थालेको छ । सँधै सामाजिक काममा अग्रमोर्चामा देखिने नारायण कुमार श्रेष्ठ भुकम्प पछि एम्बुलेन्स अंकलको रुपमा परिचित बनेका हुन् । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अन्तरगत नीलकण्ठ नगरपालिका ३ बाट वडा अध्यक्ष उम्मेदवार बनेपछि धादिङबेसी सदरमुकाम मा अन्य उम्मेदवारहरुको भन्दा श्रेष्ठ कै गुणगाण बढी हुने गरेको छ । परिश्रमी र सहयोगी, राजनीतिक भावनामा भन्दा मानविय भावनामा दृढ रहने नारायण कुमार श्रेष्ठ यतिबेला मतदाताको घर-घर पुगि रहेका छन् । राजनीतिक कार्यकर्ता भन्दा सामाजिक कार्यकर्ताको रुपमा चिनिने श्रेष्ठ जिल्ला रेडक्रस सोसाइटी धादिङमा कार्यरत थिए सामाजिक न्याएका लागि भुमिका विहिन भएर भन्दा भुमिका मै रहेर काम गर्न मन मन भयो त्यहि भएर उम्मदवारी दिए भन्ने नारायण कुमा श्रेष्ठ सँग गरिएको संक्षिप्त कुराकानी:

तपाई अवद्धता संस्था कुन कुन हुन् ?
 नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा, धादिङ
 धादिङ वेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समिति, धादिङबेंसी, धादिङ (सदस्य)
 आदीवासी जनजाती महासंघ, धादिङको उपाध्यक्ष
 झिगु नेवाः समाज धादिङको कोषाध्यक्ष

यति धेरै संस्था अनि राम्रो तलबी जागिर लोकप्रिय पात्र फेरि किन चुनाव तिर ?

म नीलकण्ठ नगरपालिका वडा नं. ३ का सम्पूर्ण जनता एवम् मतदानासँग परिचित मात्र नभै अत्यान्त लोकप्रिय व्यक्ति ठहरिँदै आँखाको नानी समान प्यारो बन्न सफल छु । तसर्थ वडा नं.–३, का मतदाताको उम्मेदवार बन्ने आग्रह नै मेरो उमेद्वारीको प्रमुख प्रेरणा बन्यो ।

तपाईको लोक प्रियता त घट्दैन ?
हामी जस्ता लोकप्रिय व्यक्तित्वको जनताले आवस्यकता ठानेका छन्, जसबाट आफ्नो वडा, गाउँ र टोलको द्रुत विकास होस् । साथै ने.क.पा माओवादी केन्द्रको बलीदानीबाट प्राप्त नयाँ संविधानमा राखिएका संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेसी प्रतिनिधीत्व, धर्म निरपेक्षता जस्ता उपलब्धि जोगाउँदै दलित महिला, आदिवासी जनजाती, गरिव पिछडिएका वर्गको हक हितलाई संरक्षण गर्न म र मेरो पार्टीलाई भोट हाल्नु सचेत जनताले आफ्नो कर्तव्य ठानेका छन् ।

जित्नु हुन्छ त ? चुनावी प्रतिवद्धता के छन् तपाइका ?
किनकि मेरो विजय सुनिश्चित छ । मेरो विजय पश्चात जनताले निम्न शिर्षकमा पथमिकता पाउँछन् ।
क) सामाजिक न्याय र सद्भावको वर्णानूभूति
ख) भ्रष्टातार सहित एवं योजनावद्ध विकास प्रणालीको थालनी
ग) विधिको शासन प्रणाली
घ) विपद्मा तत्काल सहारा प्राप्त
ङ) शहर तथा बातावराणको स्वच्चता एवम् सडक ढल निकासको व्यवस्था शान्ति सुरक्षाको प्रत्याभूति ।
च) सांस्कृति एवम् प्राकृतिक सम्पदाको संरक्षण र संवर्घन ।
छ) गुणस्तरीय शिक्षा एवम्र प्रभावकारी स्वास्थ्य सेवा ।
ज) बाल, वृद्ध, वृद्धा, अपाङ्गm बाल टुहुरा, विपन्न, पिडित, द्वन्द पिडित, असाहाय, दलित तथा पिछडिएका सबैखाले वर्ग जाती तथा समुदाय गरी टोलटोलमा खानेपानी वितण गरार्य निरन्तरता दिनेछु ।
झ) बजार क्षेत्र भित्र रहेको सठकलाई नाला, ढल निकास, सहितको पक्की सडक बनाउने छु ।
ञ) धादिङबेंसी, वस पार्क क्षेत्रलाई नमुनाको रुपमा विकास गरी स्तर उन्नती गराउनेछु ।
ट) बजार क्षेत्रको सुरक्षालाई ध्यान दिँदै बजार क्षेत्रमा सि.सि. क्यामरा खाख्नेछु ।
ठ) घरघरमा फोहर लाई मोहर बनाउनको लागि अनुदानमा कम्पोष्ट मल बनाउने ड्रम वितरण गर्नुका साथै छत छतमा कौशी तरकारी खेतीको विस्तार गर्नेछु ।
ड) बाल मैत्री पार्क, वृद्धाश्रम भवन, किरियापुत्री भवन सामुदायिक भवन निर्माणको लागि पहल गर्नेछु ।
ढ) धार्मिक सम्पदाहरु भगवती मन्दिर, थेक्पो छेम्वो गुम्बा, गणेश मन्दिर, महादेव मीन्दर, राधा कृष्ण मन्दिर नीलकण्ड मन्दिर चर्च, मस्जित, संरक्षणको लागि आर्थिक सहायताकोष निर्माण गर्नेछु ।
ण) वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन गरी एम्बुलेन्स र दमकललाई सहज रुपमा सेवा गर्ने बातावरणको विकास गर्नेछु ।
त) प्रभावकारी रुपमा सौर्य सडक बत्तिको विस्तार गर्नेछु ।
थ) अपाङ्ग मैत्री वडा कार्यालय बनाउने छु ।
द) वडा भित्रको सबै सदस्यहरुलाई स्माटै कार्डको व्यवस्था गर्नेछु ।
ध) वडा भित्र रहेका सबै जाती, भाषा धर्म, संस्कृति रिती रिवाजलाइृ उक आपसमा परिपुरकको रुपमा विकास गर्नेछु ।
न) समग्र धादिङबेंसी भित्र रहेका मतदाताहरुको मनमनमा आँखाको नानी बन्न सक्ने षमता हुनु नै निलकण्ठ न.पा.–३ को अध्यक्ष उम्मेदवार वन्ने आधार नै मेरो लक्ष्य रहेको छ ।
प) म वडा अध्यक्ष भए पछि धादिङबेंसी क्षेत्रको समग्र विकासको लागी पञच वर्षिय कार्य योजना बनाएर पूाथमिकताको आधारमा विकास गर्ने प्रतिवद्धता जाहेर गर्न चाहान्छु । धादिङबेंसी बजार क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकास गराउनेछु ।
फ) स्वच्छ खानेपानी वितरण गर्नको लागि ५ लाख लिटर क्षमताको खानेपानी संकलन ट्यानङ्की निर्माण गर्नेछु ।

तपाईले नीलकण्ठ–३, मा जित्ने आधारहरु के के हुन् ?
क) बजार क्षेत्रको जुझारु युवा हुनु ।
ख) जनताको सेवामा प्रत्यक्ष रुपमा सहभागी हुनु ।
ग) सम्पूर्ण मतदाताहरुमा नारायणको समूहले गर्छ भन्े भावनाको विकास हुँदै जानु ।
घ) सबै जाती, भाषा, संस्कृति भएको समुदायहरुसँग एकाकार हुन सक्नु ।
ङ) विपद् व्यवस्थापन लागि सक्षम व्यीक्त बन्न सक्नु ।
च) जिल्ला भित्र रहेको संघ संस्था, टोल सुधार समिति धार्मिक सबै संस्थाहरुसँग कार्य गर्न सहकार्य हुनु नै मेरो नीलकण्ठ नगरपालिका वडा नं.–३ वडा अध्यक्ष जित्ने आधारहरु हुन् ।