माओवादी केन्द्र र नयाँ शक्ति बीच पार्टी एकीकरण

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ६, २०७४

विकास भण्डारी,
धादिङ थाँक्रे गाउँपालिका, बैशाख ६ । धादिङको थाँक्रे गाउँपालिकामा नेकपा माओवादी र नयाँ शक्ति नेपाल पार्टी बीच एकीकरण भएको छ । गाउँपालिका स्तरीय पार्टी एकीकरण कार्यक्रममा माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेलले हिजो सँगै थियौ, आज फेरि सँगै भएका छौं, टुटफुटमा रमाउनेहरु हाम्रो एकताले डगमगाउने बताउनु भएको थियो । जमकट्टेलले थाँक्रे गाउँपालिकामा एकीकरण भयो, अब छिट्टै अन्य गाउँपलिकामा पछि चुनाव अगावै पार्टी एकीकरण हुने दावी गर्नु भएको थियो ।

आज माओवादी केन्द्र थाँक्रे गाउँपालिकाको कार्यालय महादेवबेसीमा भएको कार्यक्रममा प्रमुख अतिथि शालिकराम जमकट्टेल र बिशेष अतिथि नयाँ शक्ति केन्द्रिय परिषद सद्स्य चन्द्र तमाङ रहनु भयको थियो।

पार्टी एकीकरण भए पश्चात नयाँ शक्ति केन्द्रिय परिषद सद्स्य चन्द्र तामाङ, थाँक्रे गाउँपालिका संयोजक तथा केन्द्रिय सद्स्य जंगबहादुर तामाङ, केन्द्रिय परिषद सद्स्य सेते तामाङ, केन्द्रिय परिषद सद्स्य श्रृजना तमाङ, युवा केन्द्रिय सद्स्य राजु तामाङ
लगायत सयौको संख्यामा नयाँ शक्ति नेपालका कार्याकर्ताहरु माओवादी केन्द्रमा सामेल भएका छन् ।

केन्द्रिय परिषद सद्स्य चन्द्र तामाङले थाँक्रेमा अब नयाँ शक्ति नरहेको बताउँदै मुलुकको आर्थिक समृद्धि र परिवर्तन माओवादी केन्द्रबाटै सम्भव हुने भएकोले पार्टी एकीकरण गरिएको बताउनु भएको थियो । उहाँले यो उकीकरण सँगै थाँक्रे गाउँपालिका माओवादी केन्द्र मय भएको बताउनु भयो ।