ज्यूँदा सहिद भण्डारी भन्छन् चुनाव ३१ मै हुन्छ

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ५, २०७४

(२०१५ कार्तिक १० मा जन्मिएका रामबहादुर भण्डारी धादिङका पुराना माओवादी नेता हुन् । २०३८ साल साउन ७ गते नेकपा चौथो महाधिवेशनमा संगठित भण्डारी मशाल हुँदै जनयुद्ध प्रारम्भदेखि नै भूमिगत भएका हुन् । उनी जनयुद्धका क्रममा २०५५ साल जेठ १८ गते गिरफ्तार भए, १९ गते ज्यामरूङ गोलाभन्ञ्ज्याङमा गोली प्रहार गरी भीरबाट लडाइ प्रहरीले अब मर्छ भनी छोड्यो । स्थानियले बचाएका भण्डारीलाई उपचारकै क्रममा प्रहरी पक्राउ गर्यो । २ छोरा वेपत्ताका बाबु भण्डारी लाई ज्यूदा सहिदका रुपमापनि माओवादी भित्र चिन्छिन् । माओवादी केन्द्रका केन्द्रीय महादिवेशन आयोजक समिति सदस्य रहनुभएका भण्डारी सँग गरीएकोे समसामयीक कुराकानी )

स्थानीय तहको निर्वाचनलाई बैशाख ३१ गते नै हुन्छ त ?

देश र जनताको मुक्ति एवं परिवर्तनको लागि राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी ४० शुत्रिय माग राखेर २०५२ फागुन १ गते महान् जनयुद्ध सुरु भयो । त्यसपछि पुरानो सत्ता तथा विधिहरु खारेज हुँदै गयो । त्यस स्थानमा जनताका जनवादी सत्ता स्थापित हुँदै गयो । जनयुद्धको जगमा जन आन्दोलन मधेश आन्दोलन सफल भयो । संविधानसभा मार्फत प्राप्त गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशी प्रणाली संस्थागत गर्न नयाँ सविधान कार्यन्वयन गर्नु वाञ्छनीय छ । संविधान कार्यन्वयनकै शिलसिलामा २० वर्ष देखि जनप्रतिनिधि विहिन स्थानीय तह पुनर संरचना गरि बैशाख ३१ गते निर्वाचन हुन लागेको हो । नेपाली जनताकोे गौरवको अवसरलाई तुहिन ििदनु हुँदैन । मर्यादित अनुशासित ढंगले बैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन हुन्छ । हाम्रो पार्टी यो त्यो बहानामा चुनाव सार्ने कुनै कुरामा सम्झौता गर्दैन ।

जनता भोटहाल्न कत्तिको उत्साहित छन् त ?
जनयुद्ध जनआन्दोलन र त्यसपछिका पटक पटक भएका निर्वाचनबाट खारिएका जनतालाई थाहा छ सिंहदरबारको अधिकार गाउँमै आउने कुरा । हिजो जस्तो बहकिएर लोभ र प्र्रलोभनमा जनता छैनन् यो पटक जनता आतुर छन् भोट हाल्नका लागि जनता प्रताडित थिए १९ वर्ष सम्म स्थानिय निकाय नहुँदा, यस्तो अवस्थामा जनता उत्साहित नहुने कुरै भएन ।

माओवादी केन्द्रको चुनावी गतिविधि के छ ?
हामी अहिले नगर गाउँ र वाडाहरुमा निर्वाचन केन्द्रित कार्यक्रमहरु चलाइरहेका छौ । आम कार्यकर्ता पार्टीका एजेण्डाहरु जनताकोमा लिएर गइरहेका छन् । साथै चुनावमा उम्मेदवार उठाउन जिम्मेवार, सक्षेम र जनप्रेमी व्यक्तिहरुको प्रस्ताव भै रहेको छ, केहि दिन भित्रमै हामी जिल्लाबाट उम्मेदवारको नाम प्रदेशमा पठाउ छौं । हाम्रो पार्टीका सवै संघ संगठनहरु निर्वाचन केन्द्रित छन् । माओवादी केन्द्रलाई विजयी गराउन आम जनतालाई आग्रह गर्दै अभियान तीब्रताका साथ अगाडी बढिरहेको छ ।

माओवादी केन्द्र चुनाव पछि पहिलो दल बन्छ त ?

महिला, जनजाति, दलित उत्पिडितहरुको अधिकार सुनिश्चित गरायौं, गणतन्त्र धर्म निरपेक्षता, संघीयता हाम्रो बलिदानी पूर्ण एजेण्डा थिए । भुकम्पपिडितलाई राहत, लोड सेडिङ मुक्त नेपाल, सबै भन्दा बढी राजस्व संकलन यी सबै माओवादी आन्दोलनका उपज हुन् । जनता सचेत छन् माओवादीले जितेन भने संविधान कार्यन्वयन हुन सक्दैन संविधान कार्यान्वयन र हाताहाती नतिजा दिने माओवादी अहिलेको अपरिहार्य हो जनता भोट हाल्न आतुर छन् हाम्रो पार्टी पहिलो पार्टी नबन्ने कुरै भएन ।