घले समाज युएईद्धारा धादिङ पोष्ट डटकम सम्मानित

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ४, २०७४

अबुधावी । लिःल फङ घले समाज युएईले नयाँबर्ष धमाका २०७४ लाई सफल बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै धादिङ पोष्ट डटकमलाई सम्मान पत्र प्रदान गरेको छ ।

logoज्योति मगर, हिमाल घले, विष्णु घले लगायत चर्चित कालकारहरुको प्रस्तुतिका साथमा यही वैशाख १ गतेका दिने अबुधावीको फोल्कर कल्चर थिएटरमा सम्पन्न नवबर्ष साँगीतिक धमाका २०७४ को अवसरमा सम्मान गरेको हो
प्राप्त सम्मान पत्रमा dpostभनिएको छ “नेपाली नयाँ बर्ष २०७४ सालको पावन अवसरमा युएईको राजधानी अबुधाबीमा लिःल फङ (घले समाज) युएईले आयोजना गरेको “नयाँ बर्ष सांगीतिक धमाका– धमाका २०७४“ कार्यक्रमलाई सफल र भब्य रुपमा सु–सम्पन्न गर्न यहाँले दिनुभएको अतुलनीय योगदानलाई कदर गर्दै लिःल फङ (घले समाज) युएई तपाई धादिङ पोष्ट डटकम लाई यो सम्मान पत्र प्रदान गर्दछ । ”
साथै घले समाज युएईका अध्यक्ष नर बहादुर घलेले धादिङ पोष्ट स्वदेश तथा विदेशमा बस्ने धादिङबासी नेपालीहरुको मुटुको ढुकढुकी भएको बताएका थिए ।