धादिङमा एक्ला एक्लै चुनाव लड्न डराइ रहेका छन् अन्य दल -त्रिपाठी

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २९, २०७३

(स्थानीय तहको निर्वाचन प्रचारको माहौल बढी रहेको छ । सबै दलहरु आ–आफै जित्ने दावी गरि रहेका छन् । दिनहुँ हुने चुनाव केन्द्रित कार्यक्रममा जान नेताहरुलाई भ्याइ नभ्याई छ । नेकपा एमालेका अध्यक्ष भुमि त्रिपाठीलाई पनि यतिबेला भ्याई नभ्याई छ । पत्रकार बाबुराम श्रेष्ठले गर्नु भएको ५ प्रश्नलाई व्यस्तताका बावजुत त्रिपाठीले यसरी दिए छोटकरी जवाफ)

आजभोली के मा व्यस्त हुनु हुन्छ ?

  • १९ बर्ष पछि स्थानीय निर्वाचन हुँदैछ । त्यो पनि नयाँ संविधान अनुसारको स्थानीय तहको निर्वाचन । यो निर्वाचनमा धादिङ जिल्लामा हाम्रो पार्टी नेकपा एमालेले विगतमा प्राप्त गरेको सफलतालाई जोगाउँदै थप सफलता हाँसिल गर्नका लागि जिल्ला व्यापी बैठक भेला र समारोह अभियानकै रुपमा संचालन गरिरहेको छ । यहि अभियान मै व्यस्त छु ।

तोकिएको समयमा चुनाव हुन्छ कि हुँदैन ?

  • चुनाव नभएर के हुन्छ त ? कहिँ कतैबाट पनि चुनाव सार्ने वा टार्ने षड्यन्त्र भयो भने त्यसलाई परास्त गर्दै तोकिएकै समयमा चुनाव सम्पन्न गर्नुपर्छ ।

नेकपा एमालेको चुनावी अभियानको स्थिति के छ ?

  • असाध्यै राम्रो, राष्ट्र नै एमालेमय भैरहेको अवस्थामा हाम्रो जिल्ला मात्र अछुतो रहने कुरै भएन । एमालेसँग एक्ला एक्लै प्रतिस्पर्धा गर्न सक्छु भन्ने विश्वास गुमाई सकेका छन् धादिङमा अन्य पार्टीहरु ।

नेकपा एमालेले चुनाव जित्छ ?

  • एमालेले चुनाव नजिते कसले जित्छ ? एमालेले चुनाव जित्दा नेपाल राष्ट्रले जित्छ र एमालेले हार्दा नेपाल राष्ट्रले नै हार्छ भन्ने आम मनोविज्ञान छ अहिले । यो यसै भएको होइन । नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने लडाई देखि आर्थिक समृृद्धिको अगुवाई गर्ने र राष्ट्रिय स्वाधिनताको पक्षमा लिएको चट्टाने अडानका कारण मूलुक एमालेमय भएको हो ।

नेकपा एमालेलाई स्थानिय चुनावमा भोट किन हाल्ने ?

  • एमालेलाई भोट नहालेर कसलाई हाल्छन् त ? एमालेलाई भोट नहाल्नु पर्ने कारण छैन् । अरु पार्टीले भोट माग्ने आधार नै छैन् । त्यसैले मतदाताहरु एमालेलाई भोट हाल्न आतुर छन् । बैशाख ३१ को पखाईमा छन् भोट अवश्य हाल्छन् । साभारः सूचक सन्देश साप्ताहिक