चुनाब आउदै छ, खेल कर्मीहरु साबधान

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ६, २०७३

Dhurba Bikram Malla
नेपालका राजनितिक दलका नेताहरुले बुझेको हाम्रो खेल क्षेत्र ..बलिया फुर्तीला र जोशिला युबाहरुको जमातले भरिएका मात्र खेल क्षेत्रमा सहभागी हुन्छन्  । उनीहरुलाई केहि आस्वासन र जाल फिजाई बिभिन्न बाहनाको आंदोलन र चुनाबी अभियानमा प्रयोग गरि आफ्नो स्वार्थ सिद्ध गर्छन ।

तपाईले बास्तबिक विश्व खेलको नीति / बिधि नियमलाई अनुसरण गर्न छाडेर ठुला भन्ने नेताको ढोका कुर्ने र आत्मसमर्पण शैलीको कुनै दलको कार्यकर्ता बनि चाकडी चाप्लुसी गर्ने क्षयामता राख्न सक्नु भयो, भने केहि आफ्नो स्वार्थ सिद्ध गर्ने अबसर प्राप्त गर्नु होला ।
अन्यथा सिगान पुसेर साइडमा थन्काएका रुमाल सरि बन्नु हुने पक्का छ

अहिलेको खेल संरचनाले जति त्याग गर्नुस ,जेहेन्दार प्रतिभाभएका खेलाडीहरु उत्पादन गर्नुस , परिश्रम खर्ची रहनुस र आत्मबल निकालीरहनुस चाहेको जस्तो पदक देशलाई दिन सक्नु हुन्न ।खेलको नेतृत्व गर्नेहरु बिदेश घुम्ने र आसे पासे रमाउने गरि बजेट खर्च गर्ने खेल भने राम्रै गर्छन ।

बास्तबिक देशलाई चाहिएको पदक हो ~~जसले गर्दा नेपालका खेलाडीहरु भनेर बिदेशको भूमिमा गर्ब गरुन । बास्तबमा देश बिकाश गर्ने संरचना परिबर्तन गर्ने भनेको राजनितिक दल नै हो ~~ सम्मान गर्नु पर्छ ~~तर खेल क्षेत्र गुलामी र चाकडी होइन ~~ धनि /गरिब/ जात जाति / धर्म / र अमेरिका / सउदीअरब र नेपालको कानूनको समानता देख्दैन ~~मात्र एउटै विश्व खेल बिधि / नीति नियम मार्फत राष्ट्रको पहिचान सहित सम्मान दिलाउने गर्ब राख्नु हामी खेलकर्मी खेलाडीहरुको कर्तब्य हुनआउछ ।
कसैको गोटी होइन तपाई आफै राष्ट्रको सदभाबना दूत हुनुहुन्छ ।