सन्दर्भः किराञ्चोक विद्युतिकरणमा फेसबुके झगडा

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ५, २०७३

Uddhav Karki
आफूले चाहिँ त्यही काम गर्न मात्रै आँट्दा पनि धेरै नै गर्व लाग्ने साथीहरू अरूले काम गरेरै देखाउँदा चाँहि यति धेरै असहिष्णु भएर विरेाधमा उत्रिन पर्ने जरूरी त छ जस्तेा लाग्दैन मलाइ त । हैसियतवालाहरूकेा अवरेाधका बावजुद जनताले चाहेकेा अत्यावश्यक विकासकेा काममा पहलकदमी लिएर सफलता मिल्दा खुसी त सबैलाइ लाग्छ नि । अनि अलि अलि खुसी व्यक्त गर्दा नि त्यत्रेा धेरै प्रतिरेाधै किन गर्नु पर्येा र ?

सहयेाग धेरैले गरे कै हेा अन्यथा सजिलेा थिएन । तर येा पनि सत्य हेा कि केहीले विफल बनाउन धेरै कोसिस गरेकै हुन् । संकिर्णता र पुर्वाग्रह नराख्ने हेा भने सारा गाउँकेा उज्यालेाकेा लागि आफ्ने निजि लालपुर्जा धितेा राख्न दिने महानुभावहरू अनि व्यक्तिग रूपमा तारेा बनेर र तुच्छ आरेापहरू खेप्दै अविचलित रूपमा अघि बढेर काम फत्ते गर्ने संस्थाका अध्यक्ष हरिशरण तामाङलाइ हामीले धन्यवाद दिनै पर्छ ।

विरेाधमा उत्रिनुभएका साथीहरू एकपल्ट सेाच्नुस त तपाइँको लागि तपाइँका आफ्नै बाबुसँग लालपुर्जा धितेा राख्नकेा लागि माग्नुभयेा भने पनि पाउन कति गाह्रेा हुन्छ होला ? कतिले त पाउँदैनन् पनि । एउटा शक्ति जसरी पनि काम गर्ने भन्छ तीन वटा शक्ति यो सम्भव हुँदैन र गर्न दिन्नौँ भन्छ त्यस्तो अन्यौलको बीचमा दुनियाँको लागि लाखौँ पर्ने आफ्नो निजि सम्पत्तिको माया नगरी गाउँ विकासको लगि दिन तयार जनतालाइ केही होइन भन्दै अवमूल्यन गर्नु पनि एक किसिमको संकिर्णता नै होइन र ? अर्को तर्फ पार्टिको आन्तरिक बिरोधका बावजुद पनि यो अभियानमा साथ दिनुहुने तत्कालिन एमाले अध्यक्ष योगेन्द्र बस्नेतको योगदानलाइ पनि कसैले अवमुल्यन गर्न मिल्दैन । माओवादीका मान्छेलाइ जति सजिलो थियो अभियानमा लाग्न त्यो भन्दा गार्हो थियो योगेन्द्र बस्नेतलाइ यो काममा सघाउन । किनकी माओवादी सिंगै शक्ति अभियानमा सामेल थिए भने एमालेका अधिकांश अवरोध गर्ने पक्षमा नै थिए ।

अर्को तर्फ उहिले भैद्या भए यस्तेा उस्तेा हुन्थ्येा भन्नुकेा पनि धेरै सान्दर्भिकता छैन अब । हजुरबाले सुका माना घिउ खान्थे रे भनेर त्यहि बेला जन्मिन त सकिँदैन । पैसा तिर्ने कुरा परिमाण भन्दा पनि तिर्ने समय र क्षमतामा भर पर्छ । कुनै बेला १०० तिर्न पनि गाह्रेा हुन्छ कुनै बेला १००० पनि सजिलेा ।

अनि अरूले के के गरे भनेर प्रचार गर्दै हिँड्नु भन्दा पनि मैले येा गरेँ भन्न रूचाउँछ मान्छे । तपाइँहरूको बखान नगर्दैमा आक्रेाशकेा शिकार हुनु पर्ने ? यसैगरि माओवादीका कतिपय साथीहरूले अन्य पार्टीले विराेध गरेका थिए भन्नुहुन्छ । त्यो वास्तवमा विरोध भन्दा पनि नकारात्मक सहयोग थियो । त्यसैले गर्दा जो अभियानमा थिए तीनलाइ काम सफल पार्न झन् प्रतिवध्द बनायो र काम छिटो सम्पन्न भयो ।

सहयोग असहयोग गाली गलौज र आरोप प्रत्यारोपको कुरा आफ्नो बुझाइमा भर पर्छ । त्यसैले मेरो तर्फबाट सम्पूर्ण किरान्चोकबासी पींडा वडा नं ६ निवासी र सबै राजनीतिक दल तथा यस काममा प्रतक्ष्य अप्रतक्ष्य सहयोग गर्ने व्यक्तिहरू धन्यावदका पात्र हुन् ।

विकासको एउटा फड्को मारियो । हामीले अझै धेरै गर्न बाँकी छ त्यसैले यसरी तँछाड मछाडमा नै समय खेर फ्याँकेर मुख्याइँ नगरौँ सिर्जनात्मक भएर अगाडीको विकासलाइ सोचौँ अनि मात्रै हामी विकसित बन्न सक्छौँ ।