धादिङको १ नगरपालिका र १२ गाउँपालिकाको नक्सा सहित पूर्ण विवरण

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २८, २०७३

धादिङ फागुन २८ । नेपाल सरकारले आईतबारबाट लागुहुने गरि स्थानिय तह पुनरसंरचना गरेको छ । स्थानिय तह पुनसंरचना अन्तरगत धादिङ जिल्लाका सबै गाविस संरचनाहरु भंग भै गाउँपालिको संरचनामा जाने भएको छ ।

धादिङमा नीलकण्ठ नगरपालिका र धुनीवेसी प्रस्तावित नगरपालिका बाहेक ११ वटा गाउँ पालिका बन्ने पक्का भएको छ ।

जिल्लाको राजनीतिक संयन्त्रको सहमति अन्तरगत गाउँपालिका बन्ने पक्का भएकोले धादिङमा विवादले ठुलो रुप लिईएन तर गाउँपालिको केन्द्र कहाँ रहने भनेर जिल्लामा दलहरुले सहमति गरे भन्दा विपरित सिद्धलेक गाउँपालिको कार्यालय बुङ्चुङ रहने निर्णयको विरुद्ध सलाङ कमालबारी र ज्वालामुखी गाउँपालिकाको केन्द्र साँधभञ्ज्याङबाट सालबास सारिएकोमा विवाद देखा पर्न थालेको छ ।

यस विषयमा माओवादी केन्द्र र नेपाली काँग्रेस धादिङले छुट्टा छ्ट्टै सरकारको ध्यानाकर्षण गराउँदै जिल्लामा गरिएको राजनीतिक सहमति विपरित गरिएको निर्णय सच्याउन आग्रह गरेका छन् ।

धादिङका गाउँपालिकाको नक्शा सहित पूर्ण विवरण