स्वाइन फ्लुः डराइहाल्नु पर्दैन तर सचेत रहनुपर्छ

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २१, २०७३

subhashchandra-aryanसन २००९ मा सुँगुर, मानिस र चरामा पाइने इन्फ्लुएन्जा भाइरस बिच triple reassortment भइ पहिलो पटक स्वाइन फ्लू देखा परेको थियो । त्यसको १ बर्षभित्रै २१४ देशमा यो फैलन गइ करिव १८००० मानिसको ज्यान लिएको थियो । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि उक्त रोगको भाइरस देखिएको छ ।

स्वाइन फ्लू एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ। यसलाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन टाइप ए इन्फ्लुएन्जा (H1N1) भाइरस जिम्मेबार हुन्छ। म्युटेसनका कारण हाल यस भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको पाइएको छ । हाल यो भाइरस H1N2,H3N2, H3N1 आदि रुपमा देखा परेका छन् । जस मध्ये अहिले H1N1 जुन सबैभन्दा खतरनाक भाइरस हो जसले उपल्लो र तल्लो श्वासप्रश्वास प्रणालीलाई आक्रमण गर्छ । यसको लक्षण पनि पहिले जस्तो स्पष्ट रुपमा थाहा पाउन सहज छैन । पहिले भन्दा यो भाइरसको क्षमता ८ गुणासम्म बढेको पाइएको छ ।

स्वाइन फ्लु सरुवा रोग हो । सर्वप्रथम त सुँगुर को सम्पर्कमा नियमित रहिरहने मानिसहरुमा सुँगुर बाट यो भाईरस सर्ने गर्दछ । सुंगुरबाट सर्ने भए पनि राम्रोसँग पकाउँदा त्यसमा भएका कीटाणु पनि मर्छन् र मासु खाँदा भने यो रोग लाग्दैन । त्यस पछी स्वाइन फ्लू प्रभावित व्यक्तीहरुको सम्पर्कमा आउँदा हावाबाट सर्ने गर्दछ । रोगीले कुरा गर्दा, खोक्दा वा हाँच्छिउ गर्दा सन्क्रमितले प्रयोग गरेको सामानको प्रयोग गर्दा विषाणु वातावरणमा फैलिन्छ र यो रोग अरुमा सर्दछ् । स्वाइनफ्लुको विषाणु सामान्य रुघाखोकीजस्तै फैलिन्छ । भाइरस शरीरभित्र गएको सात दिनभित्र स्वाइनको लक्षण देखिन सक्छ ।

यो रोगले विशेष गरी अङग प्रत्यारोपण गरेका, रोग प्रतिरक्षात्मक शक्ति कम भएका ,अन्य जटिल रोगवाट सन्क्रमित व्यक्ति ,गर्भवति महिला ,बच्चा बालबालिका ,वृद्ध बूढाबूढीहरुलाई बढी सताउने गर्दछ ।

रोग लागिहाले डराइहाल्नु हुँदैन ।श्वासप्रश्वासमा अप्ठ्यारो हुने, मुखबाट रगत आउनेजस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्ने हुन्छ । होइन भने एक हप्ताको आरामले नै स्वाइनफ्लु निको हुन्छ । तनाव नलिने, प्रशस्तै पानी पिउने, पौष्टिक पदार्थयुक्त खाना खाने, निद्रा पूरा गर्ने, शारीरिक रूपमा सक्रिय रहने, सार्वजनिक स्थानमा नथुक्ने लक्षण देखिए कतै सार्वजनिक स्थानमा नजाने, अंकमाल, चुम्बन नगर्ने, अभिवादन गर्दा हात नमिलाउने आदि गर्नुपर्दछ । प्रयोगशालामा यस रोगको पहिचान गर्न इम्मुनोफ्लोरिसेन्स स्टेनिङ, एन्टिजेन सब्टाइपिङ, RT-PCR आदि गर्ने गरिन्छ ।

बच्ने उपाय

यस बाट बच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा-सुग्गर रहनु नै हो ।
समय-समयमा हात धोइरहने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो नाक र मुखलाई टिस्यु पेपरले छोप्ने र उक्त पेपरलाई तुरुन्तै डस्टबिनमा फ्याँक्ने, आफ्नो नाक वा मुखतिर बारम्बार हातलाई नलाने, खोकी लागेको व्यक्तिबाट टाढै रहने र लक्षण देखिएको शंका लागे तुरुन्त चिकित्सकसँग परामर्श गर्ने गर्नुपर्दछ ।

सार्वजनिक स्थानहरुमा जाँदा रोग प्रतिरोधक स्तरिय ‘एन-९५’ मास्क प्रयोग गर्नु खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै प्रमुख केही बच्ने उपायहरु हुन ।

यदी नेपालमा यसको संक्रमण भेटिएमा नेपाल सरकारले काठमाडौमा यसको उपचारका लागि विशेष प्रबन्ध गरेको छ । यस भाइरसको बिरुध्द ओसेल्टामिविर औषधि दिने गरिन्छ भने हाल सम्म २ ओटा मात्र भ्याक्सिन(ट्राइभ्यालेन्ट इनयाक्टिभेटेड र लाइव येटेनुयटेड) प्रयोगमा छन्।