सलाङमा पर्यटन व्यावसायीलाई भव्य स्वागत (फोटो फिचर)

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १३, २०७३

धादिङ फागुन १३ । धादिङ जिल्ला सलाङ गाउँ विकास समिति स्थित आमकोटमा पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगर र पर्यटन व्यावसायीलाई भव्य स्वागत गरिएको छ ।

नलाङ र सलाङको सिमानामा रहेको पर्यटकिय स्थल सिद्धलेकलाई प्रबद्र्धन गर्ने योजना अनुरुप भिटोफ नेपालको आयोजनामा शनिबार सलाङ कमलबारीमा हुने कार्यक्रममा आमकोट पुगेका पूर्व मन्त्री सहित पर्यटन व्यवसायीहरुलाई आमकोटबासीले भव्य स्वागत गरेका हुन् ।

गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ नेपाल) ले २०७२ साल बैशाख १२ गते सिद्धलेक प्रमोड गर्ने गरि सलाङ आमकोटको होम स्टेको अध्ययन गर्न स्थानियहरु सँग छलफल गर्दै थियो । तर अफसोच ठुलो क्षेति पुर्याउने गरि भुकम्प गएकोले त्यो अभियान त्यति कै टुङ्गिएको थियो । उक्त गाउँलाई होम स्टेको रुपमा विकास गर्ने र सिद्धलेकलाई पर्यटकिय स्थानको रुपमा देश विदेश चिनाउने अभियानमा जुटेको भिटोफ नेपालको कार्य समिति शुक्रबार र शनिबार सलाङ बस्ने छ ।

स्थानिय आमकोटबासीले पन्चेबाजा बजाएर भिटोफ नेपालका पदाधिकारी, पर्यटन व्यवसायीहरु सहित पुगेका पूर्व मन्त्री बिस्टलाई आमकोटबासीले पन्चेबाजा बजाउँदै शिद्धलेकमा लागेको आज शिवरात्रीमेला सम्म पैदलयात्रा गराई अवलोकन गराएका थिए ।

दिनभर जात्राको अवलोकन गरिने, साँझ पुन आमकोट पुगेर स्थानिय मगर समुदायको सोरठी नाच सहितको साँस्कृतिक कार्यक्रमा सहभागि हुने र आजको रात साही गाउँको होम स्टेमा विताई शनिबार कमलबारी पुगेर औपचारिक कार्यक्रममा सहभागि हुने भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले धादिङपोष्टलाई बताउनु भयो ।

भोलिको कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका अध्यक्षहरु, सरकारी कार्यलयका प्रमुखहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका अध्यक्षहरु, पत्रकारहरुसहभागि हुने सापकोटाले बताउनु भयो ।