मतदाता नामावलीमा नाम छ कि छैन हेर्नुहोस्

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १३, २०७३

nirwachan-aayog-nepal

धादिङ, फागुन १३ । निर्वाचन आयोगले कार्यतालिका नै सार्वजनिक गरेपछि चुनावको प्रक्रिया पनि सुरु भएको हो । स्थानीय चुनावले १४ वर्षदेखि स्थानीय निकायमा जनप्रतिनिधिबिहीन अवस्थाको अन्त्य सँगै विकास निर्माण, सार्वजनिक सेवा प्रवाह सहज बन्ने नागरिकको अपेक्षा छ । वैशाख ३१ गते हुने चुनावको तयारीका लागि आयोगका कर्मचारी काममा जुटेका छन् ।

फागुन ९ गतेसम्म १८ बर्ष उमेर पूरा भएका मतदाताले चुनावमा भाग लिन पाउँछन् । फागुन १७ गतेदेखि २१ गतेसम्म मतदाता नामावलीलाई सच्याउने, दोहोरो नाम हटाउने जस्ता काम गर्ने आयोगको तयारी छ । आयोगले मतदाता नामावलीलाई अध्यावधिक गर्ने, फागुन ९ गतेसम्म नाम दर्ता भएका मतदाताको नामलाई अन्तिम नामावलीको रुपमा प्रकाशन गर्नेछ ।

उमेर पुगेर नाम दर्ता गरेका व्यक्तिको फोटो सहितको व्यक्तिगत विवरण निर्वाचन आयोगले राखेको छ । चुनावको मिति घोषणा भएको दिन फागुन ९ गतेसम्म १८ बर्ष उमेर पूरा भएका मतदाताले मात्रै चुनावमा भाग लिन पाउँछन् ।

मतदाताले निर्वाचन आयोगको http://www.election.gov.np/election/np/bbvrs वेभसाइटमा गएर पनि आफ्नो नाम छ छैन हेर्न सक्छन् । वेवसाइटमा हेर्दा जुन जिल्लामा मत खसालेको हो त्यो जिल्ला, मतदान केन्द्र रहेको गाविस वा नगरपालिका अनि वडा र नाम राखेर हेर्न सकिन्छ ।

एक पटक फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भइसकेको छ भने फेरि नाम दर्ता गरिराख्नु पर्दैन । तर त्यसमा कुनै त्रुटि भए वा विवरणमा हेरफेर गर्नुपर्ने भए सच्चाउनुपर्छ ।