नेपाली क्रिकेट टोली आज भारत जाँदै

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १३, २०७३

National-Nepali-cricket-team
धादिङ, फागुन । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलको तयारीका लागि नेपाली क्रिकेट टोली शुक्रबार भारत प्रस्थान गर्दैछ । बन्द प्रशिक्षणबाट छानिएका १९ मध्ये कप्तान पारस खड्का बाहेक १८ जना खेलाडी र ६ जना प्रशिक्षण र ब्यवस्थापनका ६ जनासहित २४ सदस्यीय नेपाली टोली शुक्रबार बुेलुका ५ बजे भारतको दिल्ली हुँदै नोयडाका लागि जान लागेको हो ।

आइसिसीले बन्दोबस्त गरेको यो भ्रमणका क्रममा नेपाली टोलीले नोयडामा राजस्थान र अफगानस्तान ए टिमसँग अभ्यास खेल खेल्ने बताएपनि टिमको सबै विवरण आइनसकेको र त्यहाँ पुगेपछि मात्र टिमबारे टुंगो लाग्ने नेपाली टोलीका म्यानेजर रमन शिवाकोटीले जानकारी दिनुभयो ।
नेपालले नोयडामा आउँदो आइतबार, मंगलबार र बिहीबार अभ्यास खेल खेल्नेछ । नेपाली टोली अर्को शुक्रबार नेपाल फर्किनेछ