स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा -नीलकण्ठ क्याम्पस

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७३

धादिङ फागुन १२ । नीलकण्ठ क्याम्पस धादिङले फागुन १४ गते हुने स्ववियु निर्वाचनको सम्पूर्ण तयारी सकिएको बताएको छ ।

धादिङवेशीमा पत्रकार सम्मेलन गर्दै, क्याम्पसको निर्वाचन आयोग समितीले निर्वाचनको लागि सम्पूर्ण तयारी सकिएको बताएको हो ।

नीलकण्ठ क्याम्पसमा हुन लागेको स्ववियु निर्वाचनमा प्रत्यक्ष तर्फ ८ पदका लागि २३ उमेद्धार दर्ता भएका छन् । जसमा ८ पदका लागि ४ विद्यार्थी संघ /संगठन का २३ उमेद्धवार दर्ता भएका छन् ।

निर्वाचन १४ गते विहान ८ वजेदेखी १ वजे सम्म हुने र निर्वाचन सम्पन्न गरी २ वजेबाट मतगणना सुरु गरी साँझ सम्म नतिजा प्रकाशन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

निर्वाचनको लागि मतदाता संख्या ७ सय ७९ रहेका छन् । स्ववियु निर्वाचनको लागि नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, र नयाँ शक्ति विद्यार्थी युनियन बीच प्रतिष्पर्दा रहने छ ।

नेवि संघ र अखिल क्रान्तिकारीले निर्वाचनमा तालमेल गरेका छन् भने अरु संगठनहरु एकल प्रतिपर्धामा देखिएका छन् । जसमा सभापतिको लागि नेवि संघ र अखिल क्रान्तिकारको संयुक्त सभापतिका उम्मेदवार सरोज पाण्डे, अनेरास्ववियुबाट जित वहादुर नेपाली र नयाँ शक्ति विद्यार्थी युनियनबाट फिलामान तामाङको उमेद्धारी दर्ता भएको छन् ।