व्यक्तिबाट व्यक्ति विधिद्धारा द्धन्द न्युनिकरण परियोजना सुरु

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७३

धादिङ फागुन १२ । धादिङमा सञ्चालन हुने परियोजनाको सम्बन्धमा सरोकारवालाहरु बीच अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ ।

USAID को आर्थिक सहयोग तथा द एसिय फाउन्डेसन मार्फत वमेन एक्ट नामक सस्थाद्धारा कार्यक्रमको आयोजना गरिएको हो ।

लैंगिक समानता र सामाजिक समावेशिकरण सम्बन्धि जानकारी गराउने, नीति तथा कानुनको अभ्यास बारे सुसुचित गरि दक्ष बनाई व्यक्तिबाट व्यक्ति विधिद्धारा जनचेतना अभिवृद्धि गराउने यस परियोजनाको उदेश्य रहेको बताईएको थियो ।

यसैगरि धादिङको ढोला र चैनपुर गाविसमा पनि २०१७ जनवरी देखि डिसेम्बर सम्म गरि एक वर्षका लागी व्यक्तिबाट व्यक्ति विधिद्धारा द्धन्द न्युनिकरण र लैंगकि समानता तथा सामाजिक समावेशिकरण सम्बन्धि परियोजना हुने जानकारी गराइको थियो ।