ट्यांकर चालकको आन्दोलन फिर्ता

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७३

tankar

धादिङ ,१२ फागुन । पेट्रोलियम ढुवानी मजदुरहरुले बिहिवारदेखि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । पेट्रोलियम ढुवानी विनियमावली २०७३ को अध्ययन गरी एक महिनाभित्र चालकहरुले राखेको माग सम्बोधन गर्ने सहमति भएपछि उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

चालकहरुले आफ्ना माग पूरा गराउन फागुन १५ गतेसम्म समय तोकिएको थियो । मागहरु पुरा नभए देशव्यापी रुपमा पट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी दिएका थिए । आन्दोलनकै कारण असहज भएको पेट्रोलियम ढुवानी अब सहज हुने भएको छ ।आन्दोलनको कार्यक्रम स्थगित भएसँगै अब पट्रोलियम आपूर्ति समस्या नहुने निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।

विनियमावलीले मापदण्डभन्दा बढी तेल हराएको पाइए हराएको तेलको बजार मूल्यभन्दा दोब्बर क्षतिपूर्ति तिराउने व्यवस्था गरेपछि ट्यांकर चालक तथा मजदुर आन्दोनमा उत्रिएका थिए ।