आइतबारदेखि ६६ सरकारी कार्यालयले विद्युतीय प्रणालीबाट भुक्तानी दिने

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७३

office

धादिङ ,१२ फागुन । यहि फागुन १५ गतेदेखि सिंहदरबार भित्र रहेका ६६ केन्द्रीय सचिवालय र मन्त्रालयहरुबाट दिनुपर्ने संस्थागत भुक्तानी विद्युतीय प्रणालीबाट हुने भएको छ । पहिलो चरणमा सिंहदरबारमा रहेका सरकारी कार्यालयहरुले गर्ने २५ हजारभन्दा माथी रकमको भुक्तानी विद्युतीय प्रणालीबाट गर्न लागिएको जनाएको छ।

‘हामीले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा यस्तो व्यवस्था गर्न लागेका हौं, यसले हाल भुक्तानीको क्रममा हुने ढिलाई मात्र कम गर्दैन् जनशक्ति पनि अहिलेभन्दा कम लाग्ने छ,’ महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता केवल प्रसाद अधिकारीले भने ।
सरकारी कार्यालयहरुले यो प्रणालीको प्रयोगपछि भुक्तानी दिने आदेश कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउँदा भने भुक्तानी पाउँने संस्थाको बैंकमा रहेको खाता नम्बर सहित आदेश पठाउँनु पर्ने हुन्छ । पहिलो चरणको कार्यक्रमको रुपमा यसलाई अघि सारिएकोले व्यक्तिगत भुक्तानीको लागि यो प्रणालीको प्रयोग भने अनिवार्य गरिएको छैन् ।