अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता सकियो

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७३

धादिङ फागुन १२ । प्रकाश माध्यमिक विद्यालय खाल्टेको ६० औं वार्षिक उत्सव कार्यक्रम अन्र्तगत प्रावि स्तरीय एक लनृत्य प्रतियोगिता सकिएको छ ।

कार्यक्रममा विभिन्न ९ वटा विद्यालयका १८ जना विद्यार्थीहरुले नृत्यमा भाग लिएका थिए । जसमा प्रकाश माविका विद्यार्थी कुल बहादुर तामाङ प्रथम, पिपल डाडाँ माविका तारुकाका सुजिता तामाङ द्धितिय, कालिका आधारभुत विद्यालय खाल्टेका सुशिला रम्तेल तृतिय र कालीका आधारभुत विद्यालय नीलकण्ठका सम्झना गुरु र खक्की गुरु सान्वना हुन सफल भएका थिए ।

कार्यक्रममा विजयी विद्यार्थीहरुलाई शुक्रबार वार्षिक उत्सव समापन समारोह सगै पुरस्कार वितरण गरिने बताइएको छ ।

विद्यालय सहायक प्रधानाध्यपक चेतलाल तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा डाडाँमावि तारुकाका शिक्षक विष्णुप्रसाद लामिछानेको प्रमुख आतीथ्यता रहेको थियो ।