ट्रम्प झन कडा बन्दै आप्रावासिलाई देश निकाला गर्ने

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ११, २०७३

Republican presidential candidate Donald Trump speaks to supporters as he takes the stage for a campaign event in Dallas, Monday, Sept. 14, 2015. (AP Photo/LM Otero)

धादिङ फागुन ११ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाला गर्न नयाँ नीति ल्याएको छ । यसबाट लाखौ नेपाली समेत प्रभावित हुने बताईएको छ । प्रशमसनले १० हजार अध्यागमन कर्मचारी थप्ने पनि जनाएको छ ।ट्रम्प प्रशासनले अब गैरकानुनी आप्रवासीलाई उनीहरुकै देशमा र्फकउने गरी नयाँ रणनीति बनाएको छ ।

नयाँ निर्देशिकाले आप्रपासीहरु सम्वन्धी कानुनमा फेरबदल नगरे पनि अहिले भएका व्यवस्था कडाइपूर्वक लागू गर्ने लक्ष्य लिइएको छ । यसको पहिला निशानामा आवश्यक कागजात विना बसिरहेका र आपराधिक गतिविधिमा संलग्न भएका आप्रवासीहरु पर्नेछन् । साथै ट्राफिक नियम उल्लंघन वा चोरीमा संलग्नहरुलाई समेत कागजपत्र नभएका आप्रवासीहरुलाई गम्भीर अपराधमा संलग्न भएकाहरुलाई जसरी नै अभियोग लगाइनेछ । राष्ट्रपतिमा निर्वाचित भए लगतै ट्रम्पले विभिन्न योजनाहरु सार्वजनिक गर्दै आएको छ । अमेरिकामा नै ट्रम्प विरुद्ध प्रर्दशन हुदै आए पनि ट्रम्पले आफ्नो गतिविधिलाई भने जारी नै राखेको छ ।