संचारकर्मी एवं गायक सिताराम परियार ‘सरगम’ पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ४, २०७३

धादिङ फागुन ४ । धादिङमा संचार कर्मी तथा गायकका रुपमा सिताराम परियार परिचित नाम हो । दर्जनौ एल्बमहरु बजारमा ल्याई सकेका परियार, धादिङबेसी स्थित दोहोरो साँझमा कलाकार र धादिङबेसीकै एक रेडियोमा संचार कर्मीको भुमिका निर्वाह गर्दै आएका छन् । उनै सिताराम परियार पक्राउ परेको दृष्य देखेर बजारबासी मुखा मुख गर्दै थिए सिताराम किन पक्राउ परे हँ ।

पर पुरुषको बच्चा आफ्नो पेटमा हुर्किदै गएपछि समाजको छि-छि र दुर-दुर सहना नसकेपछि केहि दिन अघि सितारामको श्रीमतीले झुन्डीएर आत्मा हत्या गरेकी थिइन् । श्रीमतीको आत्मा हत्या गर्नुको कारण परपुरुषको हात रहेका थाहा पाएको परियारले आफ्नो जिवन तहस नहस पारेको भन्दै पुरुषलाई अर्को कुनै केटी संग बसिरहेकी ठाउँमा गएर हत्या गरेको थिए । हत्याको आरोप लागेका परियारलाई प्रहरीले पक्राउ गरेको थियो ।

यो घटना कुनै बास्तविक थिएन, थियो त परियारले बजारमा ल्याएका नयाँ गितको म्यूजिक भिडियो सुटिङ थियो । सिताराम परियारको लय शब्द तथा सिताराम परियार, सिता बि.क. को आवाज र धर्मेन्द्र श्रेष्ठको निर्देशन रहेको लोक दोहोरी गित कलियुगको म्यूजीक भिडियोमा यी दृष्यहरु हेर्न सकिने गायक तथा संचार कर्मी परियारले बताए ।

समाजमा घटेका विकृति विसंगतीलाई उजागर गरि सकारात्मक सन्देश जाने कुरामा सिताराम परियार, धर्मेन्द्र श्रेष्ठ लगायत म्यूजीक भिडियोमा अभिनय गर्ने अन्य कलाकारहरुको भनाई छ । उक्त म्युजीक भिडियोका निर्देशक धर्मेन्द्र श्रेष्ठले अब केहि दिनमा नै भिडियो सार्वजनीक हुने बताए ।