भगवती उप्रेतीको कान्छी स्वास्नी

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ३, २०७३

धादिङ फागुन ३ । समाज सेवामा त्यसमा पनि महिला अधिकारका लागी सशक्त आववाज बुलन्द गर्ने क्रियासिल धादिङकी चेली भगवती उप्रेतीको कान्छी स्वास्नी बोलको गीती एल्बम बजारमा आएको छ ।

धादिङमा नारी जागरण केनद्रले चिनाएको नाम हो भगवती उप्रेती महिला अधिकार कर्मी बने सँगै उहाँ गायन तथा मोडलिङमा रुचि राख्दै कस्सिएको चोलि गिति एल्बम पछि यो कान्छी स्वास्नी म्युजिक भिडियो बजारमा आएको हो ।

चर्चित हास्य कलाकर सुरबिर पन्डित अभिनय रहेको यस रोइला कान्छी स्वास्नी म्युजिक भिडियोमा रीना थापा मगर्, प्रदिप हमाल र स्वम गायिका भागवती उप्रेती नृत्य तथा अभिनय रहेको छ ।

त्रिबेणी फिल्मस् नेपाल को निर्माण र रत्न जोशीको निर्देशक रहेको यस रोईला दोहोरी कान्छी स्वास्नी म्युजिक भिडियोले राम्रै बजार पाउने गायीका उप्रेतीले आशा गरेको धादिङपोष्ट सँगको कुरा कानीमा बताउनु भयो ।

https://www.youtube.com/watch?time_continue=100&v=krzcT5VS-3o