दुबईमा प्रेस सेन्टरको एक दिने प्रशिक्षण सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, माघ २९, २०७३

दुबई, माघ २९ । दुबईस्थित एक रेष्टुरेण्टको हलमा यही १० फेब्रुअरी २०१७ का दिन प्रेस सेन्टर नेपाल युएई शाखाको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रेस सेन्टर नेपालका सचिबालय सदस्य तथा प्रदेश नम्बर ३ का अध्यक्ष सुनिल खडकाको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यबाहक अध्यक्ष लक्ष्मण खनाल, सचिब मेघराज सापकोटा, बरिष्ठ पत्रकार निमेश गिरी लगायतले प्रशिक्षण दिएका थिए ।
IMG_9232
ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौनधारण गर्दै शुरु गरिएको प्रशिक्षण कार्यक्रममा प्रेस सेन्टर नेपाल युएईका उपाध्यक्ष छबि गिरीले स्वगत मन्तब्य राखेका थिए । नेकपा मओबादी केन्द्र माधिबेशन आयोजक समिति सदस्य हरी नेपाली, नेपाली जनप्रगतिशील मञ्च युएईका अध्यक्ष हेमन्त पौडेल, मञ्चका सस्थापक अध्यक्ष दुर्गा दत्त पोखरेल लगायत अतिथी रहेको कार्यक्रममा पत्रकारिता सम्बन्धी बरिष्ठ पत्रकार निमेश गिरीले पत्रकारीताको लागी अबस्यक रिपोटिङ्गको बारेमा प्रशिक्षण दिएका थिए । त्यसै गरि अर्का प्रशिक्षक मेघराज सापकोटाले पत्रकारीतामा शुद्धता कसरी ल्याउन सकिन्छ भन्ने बारेमा प्रष्ट पार्दै लेखाईमा अशुद्ध हुदा अर्थको अनर्थ लाग्ने भएको कारण शुद्धतामा ध्यान दिनुपर्ने बताएका थिए ।

अतिथीहरु हरी नेपाली, हेमन्त पौडेल, दुर्गादत्त पोखरेलद्धारा शुभकामना मन्तब्य राखिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यबाहक अध्यक्ष लक्ष्मण खनालले पत्रकारीताको बारेमा संक्षिप्त जानकारी गरउदै पत्रकारले पत्रकारीता गर्दा शुद्धता, बिश्वासनियता, शिष्टता, नैतिकता लगायत बिभिन्न कुराहरुमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी सुनिल खडकाले देशमा भईरहेको बिभिन्न खाले गलत प्रबृत्तिको अन्त्यको लागी प्रेस सेन्टरको महत्वपुर्ण भुमिका रहने हुदा देश बिदेशमा रहेका प्रगतिशील पत्रकारहरु प्रेस सेन्टरमा गोलबद्ध हुनुपर्ने बताए । कार्यक्रमको अन्तिममा कार्यक्रमका सभापति प्रेस सेन्टर नेपाल युएईका अध्यक्ष अनिस तामाङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा धन्यबाद ब्यक्त गरेका थिए ।