भरत कोईराला किसान नेतामा चयन

Avatar photo
Dhadingpost
बिहिबार, माघ २७, २०७३

धादिङबेसी माघ २७ । अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र धादिङको प्रथम जिल्ला भेला आज सम्पन्न भएको छ ।

धादिङबेसीमा सम्पन्न भेलाले भरत कोईरालाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धोज बहादुर गुरुङ , रवि ओझा, श्रीराम अधिकारी, पुण्य सिखंडा, सचिवमा ऋषि ढकाल, कोषाध्यक्षमा भगवती अधिकारी चयन हुनुभएको छ ।

भरत कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ क्रान्तिकारी केन्द्रका नेता नवराज लुईटेलको प्रमुख आतिथ्यता रहेको थियो ।