सिके रावत पक्राउ पर्दा गृहमन्त्रीलाई बिप्लवको चिन्ता

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २१, २०७३

सम्माननिय गृहमन्त्री ज्यु नमस्कार , मन्त्री ज्यु म पूर्व जनमुक्ति सेना हुँ, म देश र जनताको लागि निरन्तर लडिराख्ने सिपाही हुँ र म राजनीति कार्यकर्ता पनि । म नेकपा माओवादी बिप्लवको सक्रिय कार्यकर्ता हुँ ।

मैले २०५२ साल देखि सुरु भएको न्याय र मुक्तिको युद्धमा धेरै लडाइ पनि लडेको छु । म संग कुनै कुराको कमि छैन, राजनीति, बैचारिक र फौजी, म यो तिनै कुरामा कमि नभएको बिप्लवको कार्यकर्ता हो, यो मेरो परिचय हो ।

गृहमन्त्री ज्यु हिजो जनकपुरमा सिके रावत गिरफ्तार पर्दा तपाईंलाई बिप्लबको टेन्सन किन भयो ? हामीले सुन्दै छौं तपाईंको सरकारले नेकपा माओवादीको महासचिव क. बिप्लबलाई गिरफ्तार गर्ने योजना बुन्दै छ रे, मन्त्री ज्यु हामी माओवादीहरु अपराधी होइनौं हामी सिके रावत जस्तो पनि होइनौं, हामी त देश र जनताको न्याय र मुक्तिको लागि राजनीति गर्ने राजनीति पार्टी हौं र बिप्लब त्यो पार्टीको महासचिव हो, आखिर किन तपाईंले बिप्ल्बको चिन्ता गर्नु भयो ?

गृहमन्त्री ज्यु, नेपाल नेपाली कांग्रेसको लुटको सोर्ग होइन र नेपाली जनता कांग्रेस र दलालहरुको दास होइन, यो कुरो नभुल्नु होला, मन्त्री ज्यु बन्दुक र बुठको बलमा राजनीति गर्ने सपना नदेख्नु अब आज २०१७ साल होइन न्याय र मुक्तिको लागि लड्ने सिपाहीहरुलाई जेल हालेर देश लुट्ने र जनतालाई दास बनाउने सपनाहरू बन्द गर्नुहोस् क्रान्तिकारीहरुलाई जेल हालेर तपाईंको सपनाहरू पूरा हुँदैन ती दिन गए अब ।

हामी यहि फागुन १ देखि महादिवेशन गर्दै छौ हामी युद्धको तयारी गर्न लागेका होइनौं हाम्रो महादिवेशनलाई बिथोल्ने सपना देख्नु भयो भने राम्रो हुने छैन ।

मन्त्री ज्यु, म तपाईंलाई अनुरोध गर्छु, कृपया बिप्लब माओवादी संग जोरि नखोज्नुस बन्दुकको बलमा र शक्तिको आडमा बिप्लब माओवादीलाई तह लगाउने दुस्साहस गर्नु भयो भने त्यो सपनाहरू पूरा हुदैन किनकी माओवादीहरु देश जनतको विरुद्ध आउनेहरुलाई तरुल रोप्ने पार्टी हो र जनताको लागि बन्द गरेको न्यायको ढोका खोल्ने पार्टी हो । तर बिप्ल्बलाई जेल हाल्ने सपना कदापी नदेख्दा हुन्छ न्याय र मुक्तिको लागि बलिदान गर्न हजारौं बिप्लबहरु जन्मि सकेको छ कतिलाई हाल्नुहुन्छ जेल ? हामी न्याय र मुक्तिको अन्तिम यत्रामा छौ ।

जहाँ लाखौं जनताको साथ छ र अन्तिन एकीकृत जनक्रन्तीको माध्यमबाट हामी जन्ताको अधिकार जनतामा फिर्ता गराउन चाहान्छौ तर हाम्रो जनक्रन्तिको बाटोमा तगारो बन्ने दुस्साहस कसैले गर्छ भने याद गरोस् तगारो पन्छाएर अगाडि बढ्न जानेका पनि छौ । मन्त्री ज्यु सर्बहारा बर्गको नायक बिप्लबलाई जेल हाल्ने सपना देखेर दलालहरुको उत्साहटमा कांग्रेसी हर्कत देखाउन खोज्नु तपाईंको मुर्खता हो ।

यदि यो सरकार बिप्लब माओवादीको बिरुद्ध आउने दुस्साहस गर्छ भने हाम्रो विरुद्ध युद्धको घोषणा गरियोस् हामी तिम्रो विरुद्ध लड्न तयार छौ । विप्लबलाई जेल हाल्ने सपना नदेख्दा हुन्छ बिप्लबलाई जेल हालेर अब तिम्रो लुटको सपनाहरू पूरा हुनेछैन तिमीहरू सेना पुलिसको घेराभित्र बसेर सुरक्षीत ठान्छौ भने एकीकृत जनक्रान्तिको नायक बिप्लब पनि हजारौं जनमुक्ति सेनाको घेराभित्र सुरक्षित हुनु हुन्छन् ।

बिप्लब माओवादीको कार्यकर्तालाई उत्तेजित पार्ने हर्कत नगर्न म गृहमन्त्रीलाई अनुरोध गर्छु । यदि यस्तो हर्कत गरेर हाम्रो नेता कार्यकर्तालाई बिना कारण जेल हाल्ने दुस्साहस गर्छ भने तिम्रो जेलहरु बारुदखाना हुनेछ र जित जनताकै हुनेछ ।

दिप किरण क्षेत्री (पुर्ब जनमुक्ति सेना नेपाल)